राँगोको आक्रमणमा एकको मृत्यु

फागुन ११, काठमाडौं । चन्द्रागिरि नगरपालिकामा राँगोको आक्रमणमा एक जनाको मृत्यु भएको छ । आज विहान चन्द्रागिरि मच्छेगाउँमा राँगोको आक्रमणमा परी स्थानिय ७० वर्षिय मानबीर महर्जनको मृत्यु भएको हो । आक्रमण गर्ने राँगोलाई प्रहरीले लखेटेर दहचोक र्पुयाएपछि गोली हानेर मारेको छ । 

मर्निङवाकमा निस्किएका महर्जनलाई राँगोले आक्रमण गरेको डिएसपी कुमार विक्रम थापाले जानकारी दिए । गम्भिर घाइते महर्जनलाई उपचार गर्न कीर्तिपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

 

null

राँगो कीर्तिपुरतिरबाट बिच्किएर आएको अनुमान गरिए पनि कसको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । 

राँगोले मान्छे मारेपछि महानगरीय प्रहरी वृत्त थानकोटको टोली र स्थानीयबासीले राँगोलाई समात्ने प्रयास गरेका थिए । मच्छेगाउँबाट खेद्दै दहचोक पुगेपछि प्रहरीले राँगोमाथि गोली चलाएको थियो । थप क्षति हुनबाट जोगाउन गोली चलाएको प्रहरीले बताएको छ । 

मासुको प्रयोजनका लागि काठमाडौं भित्राइने राँगा र भैंसीले बेला–बेलामा दुःख दिने गरेका छन् । २०७१ मंसिर महिनामा बुद्धनगरस्थित ह्याम्स अस्पतालभित्र छिरेको भैंसीलाई प्रहरीले गोली हानेर मारेको थियो । यसैगरी २०७३ असार महिनामा पनि वधशालाबाट भागेको एउटा राँगोले शहीद गेट वरपर बितन्डा मचाएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *