नेपालले कुवेतलाई दियो १ सय १७ रनको लक्ष्य

फागुन १५, काठमाडौँ । थाइल्याण्डमा जारी आइसीसी टी–२० महिला विश्वकप क्रिकेट अन्तर्गत छनोटको अन्तिम खेल नेपालले कुवेतसँग खेलिरहेको छ ।
थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युड टेक्नोलोजी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १६ रन बनायो ।
नेपालका लागि बिन्दु रावलले सर्वाधिक २८ रन जोडिन् । यस्तै कप्तान रुविना क्षेत्रीले २२ रन जोड्दा नेरी थापाले १९ रन बनाइन् भने काजल श्रेष्ठ १८ रनमा आउट भइन् ।
null
कुवेतकी मार्यम ओमर र प्रियादा मुरलीले २–२ विकेट लिए ।
प्रतियोगितामा नेपालसहित आयोजक थाइल्याण्ड र युएई गरी तीन टोलीले ग्लोबल छनोटका लागि दावी पेश गरिरहेका छन् । विश्वकपको ग्लोबल छनोटमा पुग्ने नेपाललाई अन्तिम खेल जित्नै पर्ने बाध्यता छ । त्यति मात्र नभई नेपालका लागि थाइल्याण्ड र यूएईबीच हुने खेलको नतिजासमेत आफूअनुकूल आउनुपर्नेछ ।
पाँच खेलमा शतप्रतिशत जितसहित १० अङ्क जोडेको थाइल्याण्ड शीर्षस्थानमा छ । पाँच खेलमा चार जित निकाल्दै युएई अङ्क तालीकाको दोस्रो स्थानमा छ ।
त्यसैले नेपाललाई ग्लोबल छनोटमा पुग्न कुवेतमाथि फराकिलो जितले मात्र पुग्ने छैन, थाइल्याण्ड र युएईको खेल पनि महत्वपूर्ण हुनेछ ।








