दुहवीमा विपत व्यवस्थापनकालागि अन्तरक्रिया

फागुन ५, दुहवी । सुनसरीको दुहवी ६ स्थित नवयूवा क्लबमा विपत व्यवस्थापनकालागि १ दिने अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । 

 

आवाज नेपाल सुनसरीको आयोजना तथा दुहवी वडा नम्वर ६ को कार्यालयको सहयोगमा शनिवार भएको अन्तरक्रिया कार्यक्रममा दुहवी नगरपालिका वातावरण शाखा अधिकृत विमलनारायण चौधरीले सहजिकरण गरेका थिए । कार्यक्रममा नेपाली सेना, इलाका प्रहरी कार्यालय दुहवी र सशस्त्र प्रहरी दुहवीलाइ विपत व्यवस्थापन गर्नकाकालागि चाहिने आवश्यक सामाग्रीहरु उपलब्ध गराइएको थियो । 

null

आवाज नेपाल सुनसरीकी अध्यक्ष मेनुका खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी दुहवी वडा नम्वर ६ का वडाध्यक्ष मुन्ना हलुवाईले सामाजिक कार्य र विपत व्यवस्थापनमा सबैले सक्रिय भूमिका निभाउनु पर्ने र विपत आउँन अघिनै सजग रहनुपर्नेमा जोड दिएका छन । 

अन्तरक्रिया कार्यक्रममा जोखीममा रहेका ठाउँको अनुगमन गरि जोखीमपूर्ण बस्तीको पहिचान गरेर अपनाउन सक्ने उपायका बारेमा छलफल गरिएको थियो । उक्त कार्यक्रममा स्थानिय संघ संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मीहरुका विच तत्काल विपती आए कस्तो सावधानी अपनाउने भन्ने बारेमा छलफल भएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *