‘नेपाल बिल्डकन अन्तराष्ट्रिय प्रर्दशनी’ सुरु

काठमाडौंको भृकुटीमण्डवमा ‘नेपाल बिल्डकन अन्तराष्ट्रिय प्रर्दशनी’ सुरु भएको छ। 

शुक्रबार सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले एक कार्यक्रमका बीच निर्माण सामग्रीहरुको अन्तराष्ट्रिय प्रर्दशनी ‘नेपाल बिल्डकन अन्तराष्ट्रिय प्रर्दशनी’ को उद्घाटन गरे। 

निर्माण सामग्रीहरुबारे एकैथलोमा विस्तृत जानकारी दिने उद्देश्यका साथ प्रर्दशनी आयोजना गरिएको प्रर्दशनीका संयोजक सृजल भट्टराईले जानकारी दिए। ३ दिनसम्म चल्ने प्रर्दशनीमा ७० वटा स्वदेशी र ७० वटा विदेशी कम्पनीहरुले स्टल राखेका छन्। 

null

निर्माणसम्बन्धि नयाँ–नयाँ प्रविधिबारे प्रर्दशनीमा जानकारी लिने व्यवस्था पनि गरिएको छ। निःशुल्क प्रवेश गर्न पाउने प्रर्दशनीमा घर बनाईरहेकाहरुलाई आवश्यक ढोका, झ्याल, टवाईलेटका आवश्यक सामग्रीहरु विशेष छुटका साथ पाउने व्यवस्था पनि गरिएको संयोजक भट्टराईले बताए। 

पुनर्निर्माणको अभियानमा सघाउ पुर्‍याउन पनि उपयोगी हुने गरी आयोजना गरिएको प्रर्दशनीमा करिव ५० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *