नख्खु बम विस्फोटका एक घाइतेको मृत्यु

फागुन ११, काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा विष्फोट हुँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । 

स्थानिय मेडिसिटी अस्पतालमा उपचाररत घाइते सिंहप्रताप गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । उनको उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । गुरुङलाई सुरुमा अल्का अस्पतालमा उपचार गरिए पनि पछि मेडिसिटी लगिएको थियो । 

शुक्रबार राति बम बिष्फोट हुँदा गुरुङसहित प्रतिक्षा खड्का र अनुषा डंगोल घाइते भएका थिए । प्रतिक्षा र अनुषाको उपचार जारी छ । उनीहरुमध्ये एकजनाको अवस्था गम्भीर रहेको अस्पतालले बताएको छ । 

null

 

विष्फोटमा सुरक्षा गार्डको भूमिका शंकास्पद देखिएकाले प्रहरीले सुक्ष्म अनुसन्धान सुरु गरेको छ । एनसेलको गेटमा राखिएको सिसिटिभी फुटेज हेर्दा सुरक्षा गार्डको भूमिका शंकास्पद देखिएको हो । घटना अनुसन्धानका लागि केही व्यक्तिहरुलाई नियन्त्रणमा समेत लिइएको प्रहरीले जनाएको छ । 

विष्फोटलगत्तै घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरु पुगेका थिए । बिष्फोट भएपछि प्रहरीले सुरक्षा सतर्कता बढाइएको छ । 

शुक्रबार राति नै कमलपोखरीको आँगन मिठाई पसल अगाडि भेटिएको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।हिजो नै बाग्लुङको एनसेल टावरमा समेत विस्फोट भएको थियो । भने, पोखरा चन्द्राकालिका नाकाडाँडा स्थित एनसेल टावरमा पनि विस्फोट गराइएको थियो । ०००० 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *