किरात राई यायोख्खाको १० औँ राष्ट्रिय महाधिवेशन धरानमा हुने 

माघ २२, धरान । प्रदेश नं १ को सुन्दर नगरी धरानको भानुचौकमा आउँदो फागुन १८ गते देखी २० गते सम्म किरात राई यायोख्खाको १० औँ राष्ट्रिय महाधिवेशन हुने भएको छ । 

 

आदिबासी जनजातीहरुसँग आपसी सहयोग,सद्भाव तथा सहकार्य गरी किरात राईहरुको भााषा धर्म,संस्कार,कला संस्कृतिको जर्गेना गर्नै उदेश्यले सो महाधिवेशन गर्न लागेको मंगलबार धरान १० स्थित किरात राई यायोख्खा भवनमा गरिएको पत्रकार सम्मेलनमा यायोख्खाका केन्द्रीय अध्यक्ष तिलक राईले जानकारी दिए । 

null

सम्मेलनमा २८ जिल्लाका गरी २ सय भन्दा बढीको नगर ,गाउँ र वडा स्तरीय प्रतिनिधीहरुको सहभागीता रहने तथा ८ वटा भातृ संस्था र १७ वटा बिदेश स्थित रहेका केन्द्रीय स्तरका कार्य समितीहरुको समेत सहभागिता रहनेछ । त्यस्तै सोही कार्यक्रममा संस्थाका ४ सय जना बिशिष्ट संरक्षक सदस्य १५० संरक्षक सदस्य १६ हजार भन्दा बढी आजिवन सदस्यहरु समेत सहभागिता रहने आयोजक किरात राई यायोख्खाले जनाएको छ । 

सोही सम्मेलनमा हजारौँको संख्यामा बिदेशबाट आउँने प्रतिनिधिहरुले पनि सहभागिता जनाउने राईले यायोख्खाका केन्द्रीय अध्यक्ष राईले जानकरी दिए । महाअधिवेशनको उद्घारटन धरानको भनुचौकमा गरिनेछ भने बन्द सत्र पछि समपन धरान ८ स्थित सभागृहमा गरिने र सो कार्यका लागी करिब ३० लाख खर्च हुने अनुमान यायोख्खाले गरेको छ । किरात राई यायोख्खामा बान्तवा खिम,साम्पाङ राई,जुम्लेखा नेपाल,वाम्बुले राई,चाम्लीङ खाम्बातिम,देवास राई,कुलुङ,बुङलावा,दुङमाली,पुमा,दुमी,कोयु,खालिङ,तिलुङ,थुलुङ लगायतका राईहरु पर्दछन ।  साथै यायोख्खले सम्मेलन सम्पन्न गर्नका लागी बिभिन्न उपसमितीहरु निर्माण समेत गरि तयारी सुरु गरेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *