यातायात व्यवस्था विभागलाई कारबाही सिफारिस

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागलाई कारबाहीका लागि सिफारिस गरिएको छ । 

सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)मा नेपाली भाषा पनि राख्नु पर्नेमा त्यसो नगरेकाले विभागलाई कारबाहीको सिफारिस गरिएको हो । 

स्मार्ट लाइसेन्स अंग्रेजी भाषामा मात्रै छपाइ हुँदैछ । यातायात व्यवस्था विभागले भाषा आयोगले नेपाली भाषाको प्रयोग गरेर लाइसेन्स छाप्न गरेको अनुरोधलाई बेवास्ता गरेकाले कारबाहीका लागि सिफारिस गरिएको आयोगका प्रवक्ता गणेश भट्टराईले जानकारी दिए ।, अन्नपूर्ण पोस्टमा खबर छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =