महेन्द्रनगर क्वालिफायर्समा, रुपन्देही १ रनले हार्यो

फागुन ९, काठमाडौँ । धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) मा महेन्द्रनगर क्वालिफायर्समा प्रवेश गरेको छ । 

बिहीबार भएको इलिमिनेटरमा बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्स १ रनले पराजित भएपछि शरद भेषवाकरको कप्तानीमा रहेको महेन्द्रनगरले दोस्रो क्लालिफायर्समा स्थान पाएको हो । हारसँगै रुपन्देही प्रतियोगीताबाट बाहिरिएको छ । 

महेन्द्रनगरले दिएको १ सय १६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटीङ गरेको रुपन्देहीले पुरै २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन मात्र जोड्न सक्यो । रुपन्देहीका लागि प्रदीप सिंह ऐरी र बाबर हायतले सर्वाधिक २८–२८ रन जोडे । यस्तै विनोद भण्डारीले २३ रन जोड्दा सन्दीप सुनार १४ रनमा आउट भए भने सुमित महर्जनले १० रन बनाए । 

null

महेन्द्रनगरका अविनास बोहराले २ विकेट लिए भने मोहमद नाभिद, सागर ढकाल र सिदान्त लोहनीले समान १–१ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । महेन्द्रनगरलाई जित दिलाउन कप्तान शरद भेषवाकरले अविजित २९ रन जोडे । शरदले सातौं विकेटका लागि अमर सिंह रौटेलासंग मिलेर ४९ रनको साझेदारी गर्दै टोलीको इनिङस उकासेका थिए । 

अमर १९ रनमा आउट भए । यस्तै आनन्द सुब्रमन्युले २०, मोहमद नाभिदले १८ रन जोड्दा अविनाश बोहोरा र आरिफ शेख ११–११ रनमा आउट भए । 

रुपन्देहीका ललित भण्डारीले ४ विकेट लिए भने पुनित मेहेराले ३ तथा कप्तान बसन्त रेग्मीले एक विकेट लिए । 

जितसँगै अब महेन्द्रनगरले फाइनल प्रवेशका लागि शुक्रबार हुने दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेनन्ससँग प्रतिस्पर्धा गर्नेछ । विजेताले शनिबार हुने फाइनलमा सिवाईसी अत्तरियासँग भिड्ने छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + thirteen =