संसदमा वैदेशिक रोजगारीको पीडाः ‘एउटाको शव नआउँदै अर्को विदेशिन तयार हुन्छ’

 

फागुन १०, काठमाडौँ । सांसद प्रेम सुवालले विकास निर्माणको काम रोक्न दुई तिहाई बहुमतको सरकारलाई कसैले पनि रोक्न नसक्ने बताएका छन् । 

शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवालले भने, ‘एमाले र माओवादीको संघमा दुई तिहाई बहुमत छ । दुई प्रदेश बाहेक बाँकि ६ ओटा प्रदेशमा पनि दुई तिहाई बहुमत नै छ । यो सरकारलाई विकास निर्माणको काममा कसैले रोक्न सक्दैन तर काम भइरहेको छैन ।’ 

null

त्यस्तै उनले संसदमा अन्य विभिन्न विषयहरु संसदमा ध्यानाकर्षण गराउँदै त्यस विषयमा सभामुखमार्फत् प्रधानमन्त्रीलाई संसदमा जवाफ दिन माग गरे । 

‘टिचिङ अस्पतालको गेटमै मोलमोलाई हुन्छ । राम्ररी हेर्दै नहेरी बिरामीलाई निजीमा रिफर गरिन्छ । त्यस्तै चाबहिल जोरपाटी साँखु सडक क्षतविक्षत छ । ठेक्का पाएको ३ वर्षमा साढे १२ किलोमिटर सडक पनि बनेन’, सांसद सुवालले भने, ‘अर्को झापाको समाचार छ । वैदेशिक रोजगारीको पीडाः एउटाको शव नआउँदै अर्को विदेशिन तयार हुन्छ । काठमाडौँ महानगरपालिकाको सिसडोल अनुगमनमा खाजा मात्रै डेढ लाख । यसबारे प्रधानमन्त्रीज्यूले संसदमा जवाफ दिने व्यवस्था होस् ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *