आज अमेरिकी डलरसहित विदेशी मुद्राको घट्यो भाउ

काठमाडौं । आज आइतबार शुक्रबारको तुलनामा अमेरिकी डलरसहित केहि विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा तोकेको छ । जुन शुक्रबारको तुलनामा केहि घटेको हो । 

यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा छ । शुक्रबार १ को खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा रहेको थियो । आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा तोकिएको छ । 

आइतबारका लागि यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा तोकिएको छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८ पैसा छ । शुक्रबार खरिददर १ को खरिददर २७ रुपैयाँ ८८ पैसा र बिक्रीदर २८ रुपैयाँ ०३ पैसा थियो । 

null

यस्तै आज कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ८७ पैसा तोकिएको छ । आइतबार बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ७४ पैसा छ । यसैगरी कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा तोकिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *