विराटनगरको सीमाक्षेत्रमा प्रादेशिक स्वागतद्धार

विराटनगर, माघ २१ । विराटनगरको सीमावर्ती क्षेत्रमा प्रदेश नम्बर १ को पहिचानसहितको स्वागतद्धार निर्माण हुने भएको छ । प्रदेश सरकार, विराटनगर महानगरपालिका र उद्योग संगठन मोरङको संयुक्त पहलमा ४ करोड बढीको लागतमा स्वागतद्धार निर्माण गरिने भएको हो ।  

स्वागतद्धार निर्माण गर्ने स्थालको सोमबार स्थलगत अवलोकन गर्दे प्रदेश सरकारका मन्त्री, महानगरपालिका र उद्योग संगठन मोरङले काम तिव्र रुपमा अगाडि बढाउने निर्णय गरेको छ ।  

 

null

निमार्णस्थलको अवलोकनका लागि प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे लगायत सीमा क्षेत्रमा पुगेका थिए ।  

विराटनगर महानगरपालिकाको वडा नम्बर १५ र १७ को बीचमा प्रदेश प्रवेशद्धारा निर्माण गरिने भएको हो । स्वागतद्धारमा प्रदेश नम्बर १ को कला , संस्कृति, मौलिकता र पहिचान झल्काइने छ । प्रदेश सरकारको ४ करोड र थप बजेट महानगरपालिका र उद्योग संगठनले व्यहोर्ने गरी स्वागतद्धार निर्माण हुने छ ।  

प्रवेशद्धार ओभर हेड व्रिज सहितको हुनेछ । विराटनगरमा बढ्दो जनघनत्वका कारण बाटो काट्न समस्या हुने अवस्थालाई ध्यानमा राखेर यही स्वागतद्धारलाई ओभर हेड व्रिजसहित निर्माण गरिने तयारी गरिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *