सरकारले बर्खास्त गर्यो समाज कल्याणका यी ५ भ्रष्टाचारी
२०७५ फागुन १० गते

फागुन ९, काठमाडौँ । सरकारले भ्रष्टाचारको आरोप लागेका समाज कल्याणका पदाधिकारीहरुलाई बर्खास्त गरेको छ ।
फागुन ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले समाज कल्याण परिषदका उपाध्यक्ष निलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना र सदस्यहरु राजेन्द्र कुमार पौडेल, डिल्ली प्रसाद भट्ट र गोकर्ण भट्टलाई बर्खास्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
null
बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले बद्नीयतपूर्ण तथा कानूनविपरित काम गरेको प्रमाणित भएका कारण बर्खास्त गरिएको स्पष्ट पारे ।
अनियमिताताबारे थप अनुसन्धान गरी कानूनी कारबाही गर्न त्यससम्बन्धी प्रतिवेदनको प्रतिलिपी अख्तियारमा पठाउने निर्णय गरेको सुनाउँदै भ्रष्टाचार नियन्त्रणको प्रयास अघि बढेको दाबी गरे ।
२०७५ फागुन १० गते
प्रतिक्रिया
सम्बन्धित








