ल्होछारले सद्भाव अभिवृद्धि गर्न प्रेरित गराेस् : देउवा

काठमाडौं ।नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विविधताले भरिएको नेपाली समाजमा गर्व गर्नलायक धार्मिक–सांस्कृतिक रीतिरिवाज र परम्परामध्ये सोनाम ल्होहार एक रहेको बताएका छन्। ल्होछारले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उनको धारण छ।  

सोनाम ल्होछारका अवसरमा शुभकामना सन्देश दिँदै देउवाले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना बढाउने काममा ल्होछार कोशेढुङ्गा सावित भएको बताएका छन्।  

उनले यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् भन्ने शुभकामना दिएका छन्।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =