प्रदेशस्तरीय जातीय लोकनृत्य प्रतियोगिताको उपाधि मकालुलाई

फागुन १२, बिराटनगर । भानुकला केन्द्र विराटनगरले आयोजना गरेको एक नम्बर प्रदेशस्तरीय जातीय लोकनृत्य प्रतियोगितामा सुनसरीको मकालु सेकेण्डरी बोर्डिङ स्कुल प्रथम भएको छ । 

वरिष्ठ संस्कृतिकर्मी चतुर्भुज आशावादीको ७५ औं जन्मजयन्तीको अवसरमा आयोजित प्रतियोगितामा इटहरीस्थित मकालु स्कुलले लगातार तीनपटक प्रथम भएर शिल्डसमेत कब्जा गरेको छ । यसअघि पनि मकालु दुईपटक प्रथम भइसकेको थियो । त्यस्तै झापाको धुलाबारीस्थित होलीबेल सेकेण्डरी स्कुल द्वितीय भएको छ भने विराटनगरको मोडर्न एरा इङ्लिस स्कुल तृतीय भएको छ । 

अनुशासनतर्फको उपाधि लर्डबुद्ध बोर्डिङ स्कुलले जितेको छ भने उत्कृष्ट प्रस्तुतिको उपाधि विकेभिएम बोर्डिङले जित्न सफल भयो । मौतिकतातर्फ मोरङको खोर्सानेस्थित सिद्धार्थ बोर्डिङ र उत्कृष्ट भेषभुषाको पुरस्कार विराटनगरस्थित विद्या भूमि सेकेण्डरी बोर्डिङ स्कुलले प्राप्त गरेको छ । प्रदेश–१ का डेढ दर्जनभन्दा बढी विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए । 

null

बिजेता विद्यालयहरुलाई राष्ट्रियसभाका सांसद खेम नेपाली, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, आयोजक संस्थाकी अध्यक्ष माया पौडेललगायतले शिल्डसहित प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा भानुकला केन्द्रका कलाकार दीपेन्द्र थापा, कविता लामा श्रेष्ठ, मनोज राजवंशी, संगीता यादवलगायत कलाकारहरुले पनि नृत्य प्रस्तुत गरेका थिए । भानुकला केन्द्रले विगत १३ वर्षदेखि हरेक वर्ष जातीय लोकनृत्य प्रतियोगिता आयोजना गर्दै आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *