काडाँघारीमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु

 

माघ २३, काठमाडौँ । काडाँघारीको खहरेचोकमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

ना५ख ८०८४ नम्बरको टिपरले बा५४प ७२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २० वर्षीय श्याम बिकको मृत्यु भएको हो । 

null

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ का बिकको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटना लगतै विकलाई ट्रमा सेन्टरमा लगिएको थियो । 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २३ वर्षीय निशान बिकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । 

फरार टिपर चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *