‘भ्रष्टाचारको त्यान्द्रो समात्दै गएको त अख्तियारमै पुगेछ’

 

फागुन ८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बलात्कारी तथा हत्यारा सरकारले पत्ता लगाएरै छोड्ने दाबी गरेका छन् । 

बुधबार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले निर्मलाका हत्यारा पत्ता लगाएरै छोड्ने दाबी गरेका हुन् । यस विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै उनले भने, ‘निर्मलाका हत्यारालाई सरकारले पत्ता लगाउँछ । हत्यारा पत्ता लगाउन छानबिन समिति र विभिन्न टोली गठन गरी अनुसन्धान भइरहेको छ । अब छिट्टै पत्ता लाग्छ ।’ 

null

सम्बोधनका क्रममा उनले विप्लव माओवादीका क्रियाकलाप देश र जनताका हित विपरीत भएको भन्दै हिंसात्मक गतिविधि सरकारलाई स्वीकार्य नहुने स्पष्ट पारे । 

साथै उनले भ्रष्टाचारलाई निर्मूल पार्ने अभियानमा सरकार लागि परेको दाबी गर्दै भने, ‘त्यान्द्रो समात्दै गएको त अख्तियारमै पुगेछ । भ्रष्टाचारी जोसुकै होस् राजीनामा दिएपनि कारबाही हुन्छ । तपाईँहरु पनि भ्रष्टाचार नियन्त्रणमा लाग्नुस् ।’ 

प्रधानमन्त्री ओलीले नेपालको संघीयता अरु देशको भन्दा फरक रहेको बताउँदै जनप्रतिनिधिले इमान्दार भएर काम गरे अर्को वर्ष जनताले अनुभूत हुने खालको विकास पाउने बताए । 

सुदूरपश्चिम प्रदेशसभालाई करीब दुई घण्टा सम्बोधन गर्नुभएका प्रधानमन्त्री ओलीले भने, ‘युद्धका घाउ र असर छन् सरकार त्यसमा मलमपट्टी लगाउन र पीडितलाई अधिकतम न्याय दिन लागेको छ तर घाउ कोट्यायाएर शान्ति हुन नदिने प्रयास हुँदैछ, हिंसा भड्काएर द्वन्द्व व्यवस्थापनको खेतीपाती हुन दिनुहुँदैन, अब क्रान्तिका नाममा कुनै लफ्फाजीको काम छैन, जनतामा आतङ्क फैलाउने, विकास आयोजना अवरोध गर्ने काम हुनुहुँदैन, नेपालमा शान्ति भएको छैन भनेर गलत सन्देश दिने प्रयास पनि गर्नुहुँदैन ।’ 

सुदूरपश्चिम सम्भावनको खानी भएकाले यसको विकासमा प्रदेश सरकार र प्रदेशका जनप्रतिनिधि नै लाग्नुपर्ने उनको भनाई थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *