एक हजार बिद्यार्थीलाई निःशुल्क चिकित्सा शिक्षा पढाउँने घोषणा (भिडियोसहित)

मोरङ, ३ फागुन । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका सञ्चालक डा.सुनिल शर्माले एक हजार बिद्यार्थीलाई चिकित्सा शिक्षा निःशुल्क पढाउँने घोषणा गरेका छन् । ३ सय भन्दा बढी विद्यार्थीलाई ‘स्तरीय र महंगो’ चिकित्सा शिक्षा निःशुल्क पढाईसकेका डा.शर्माले जम्मा एक हजार विद्यार्थीलाई निःशुल्क अध्ययन गराउँने उद्घोष गरेका हुन् । 

मोरङको भाउन्नेमा आयोजित नेपाल दलित संघको ३ नम्बर क्षेत्रीय अधिवेशनलाई संबोधन गर्दै डा.शर्माले भने ‘नोबेलमा हामीले गरिव, विपन्न, दलित र पिछडाबर्गका विद्यार्थीहरुलाई छनौट गरी निःशुल्क पढाउँदै आएका छौ । अहिलेसम्म ३ सय भन्दा बढी बिद्यार्थीलाई पढाईसक्यौ । जम्मा एक हजार बिद्यार्थीलाई निःशुल्क पढाउँछौ ।’ आगामी शैक्षिक सत्रमा ६२ जना बिद्यार्थीलाई निःशुल्क पढाउँने जानकारी दिदै डा.शर्माले आफुले सकेसम्म यो क्रमलाई जारी राख्ने बताए । 

 

null

गरिव, बिपन्न तथा पिछडाबर्गका बिद्यार्थीलाई प्राथमिकतामा राखेर निःशुल्क अध्ययनका लागि छनौट गरिने भएपनि बिद्यार्थी छान्ने क्रममा पार्टी अथवा कुनै क्षेत्र बिशेष नहेरिने डा.शर्माको दावी छ । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका डा.शर्माले कार्यक्रममा सहभागिलाई लक्षित गर्दै भने ‘यो मानवीय काम हो । यसमा कुनै पार्टी वा क्षेत्र नहेरी वास्तविक रुपमा कठै भन्ने अवस्थाका बिद्यार्थीलाई हामीसँग ल्याउँनुहोस् । हामी निःशुल्क पढाईदिन्छौ ।’ 

डा.शर्माले गाउँ–गाउँका गरिव तथा विपन्न बिद्यार्थीलाई लगेर डेन्टल हाईजिन, रेडियोग्राफी, ल्याव टेक्निसियन, स्टाफ नर्स, वीडीएसदेखि एमवीवीएससम्म पनि निःशुल्क पढाउँदै आएका छन् । ३ लाखदेखि ६० लाखसम्म खर्च लाग्ने कोर्ष पनि डा.शर्माकै लगानीमा बिद्यार्थीले निःशुल्क पढ्न पाएका छन् । 

 

दलित समुदायको तर्फबाट नोबेलमा निःशुल्क अध्ययन गर्दै आएका बिद्यार्थीहरुलाई पनि कार्यक्रममा बोल्न दिईएको थियो । सो क्रममा बोल्दै उनीहरुले कमजोर आर्थिक अवस्थाका कारण सामान्य बिषय पनि पढ्न नसकिरहेको अवस्थामा उत्कृष्ठ र महंगो शिक्षा निःशुल्क पढाईदिएको भन्दै डा.शर्मालाई अभिभावक मात्र नभई भगवान कै संज्ञा दिए । 

हेर्नुहोस भिडियो 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *