नेपालबाट शून्य लागतमा कामदार लान युएई र ओमान सहमत

वैदेशिक रोजगारीका लागि नेपालबाट शून्य लागतमा कामदार लाने विषयमा संयुक्त अरब इमिरेट्स (युएई) र ओमान सहमत भएका छन् । 

गतसाता श्रमसम्बन्धी सम्झौता तथा समझदारीमा छलफल गर्न ती देशमा पुगेको नेपाली कार्यदलसँग दुवै देशले श्रमिक ल्याउँदा लाग्ने लागत व्यहोर्न सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन् । 

दुवै देशसँग छलफलका लागि गत १२ माघमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख रामप्रसाद घिमिरेको नेतृत्वमा पाँच सदस्यीय टोली त्यसतर्फ गएको थियो । 

null

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्ने नीतिअनुरूप नेपालको तर्फबाट सम्बन्धित मुलुकसमक्ष एजेन्डा प्रस्तुत गरिएको टोलीका संयोजक घिमिरेले जानकारी दिए । 

‘कामदार भर्ना गर्दाको लागत रोजगारदाताले व्यहोर्ने विषयमा दुवै पक्ष सहमत भएका छौँ,’ उनले भने, ‘यद्यपि, म्यानपावरको सेवा शुल्क कति दिने भन्नेमा चाहिँ निश्चित हुन बाँकी छ ।’  

कानुन मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका उपसचिवसमेत सम्मिलित टोलीले आइतबार र सोमबार ओमानसँग तथा बुधबार र बिहीबार युएईसँग वार्ता गरी स्वदेश फर्किएका हुन् । 

नेपालको युएईसँग सन् २००७ मा एमओयू भए पनि ओमानसँग भने हालसम्म कामदारसम्बन्धी कुनै पनि किसिमको समझदारी भएको छैन । 

ओमानले नेपाललाई करिब तीन महिनाअघि र युएईले डेढ महिनाअघि एमओयूको मस्यौदा पठाएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =