बृहत् कर्णाली ‘एक्स्पो’ २०७५ फागुन ३ गतेदेखि सुरू हुँदै

माघ २३, काठमाडौँ । ‘हाम्रा गौरवका पानाहरु र सम्भावनाका खानीहरूको उत्सव’ भन्ने मूल नाराका साथ आगामी फागुन ३, ४ र ५ गते भृकुटीमण्डपमा कणाली बृहत प्रदर्शनीको आयोजना गरिने भएको छ ।
कर्णालीका पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार गर्ने तथा त्यहाँका जलविधुत लगायतका क्षेत्रहरुको सम्भावनाका बारेमा जानकारी दिने उद्देश्यले ‘कर्णाली बृहत प्रदर्शनी/एक्स्पो/महोत्सव–२०७५’ आयोजना गर्न लागिएको हो ।
null
कर्णालीको संस्कृतिको प्रचुरता र अतीतको महिमाबारे काठमाडौँबाट सम्पूर्ण देशवासीलाई अवगत गराउन यो एक्स्पो आयोजना गर्न लागिएको हो ।
‘सरकारले घोषणा गरेको “पहिला देश अनिविदेश” भन्ने नारालाई कर्णालीबाट बुलन्द पार्ने हाम्रो उदेश्य हो । मुलतः सम्पूर्ण देशलाई कर्णालीको भ्रमण गर्न उत्प्रेरणा दिने र लगानीकर्ताहरुलाई कर्णालीको सम्भावनाबारे जानकारी गराउने हाम्रो कोशिस हो’, संयोजक उपेन्द्र साहीले भने ।
नेपाल पर्यटन बोर्ड मुख्य प्रवद्र्धक रहेको कार्यक्रममा एक लाख मानिसहरुको सहभागीता रहने आयोजकको अनुमान छ ।
उक्त प्रदर्शनीले कर्णालीका समृद्धीका पाटाहरुलाई उजागर गर्न महत्वपुर्ण भूमिका खेल्ने संयोजक शाहीले विश्वास व्यक्त गरे ।








