विराटनगरमा ट्रिपरको ठक्करबाट एकको मृत्यु

माघ २७, बिराटनगर । ट्रिपरको ठक्करबाट आईतबार बिहान बिराटनगरमा एकजनाको घटना स्थलमै मृत्यु भएको छ । कोशि राजमार्ग अन्तर्गत इटहरी विराटनगर सडक खण्डको वरगाछी चोकमा आइतबार बिहान साढे ८ बजेको समयमा को १ ख ७०७२ नम्बरको ट्रिपरले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल चालकको घटना स्थलमै मृत्यू भएको हो । 

मृतक अन्दाजी ४५/५० वर्ष जतिका देखिने पुरुषको हला सम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । उत्तरबाट साईकलमा दक्षिणतर्फ आउँदै गर्दा बरगाछी चोकैमा तिब्र गतिमा आइरहेको ट्रिपरको पछाडिको चक्काले ठक्कर दिँदा घटना भएको प्रहरीले जनाएको छ । 

प्रहरीले शवलाई पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा लगेको छ । अहिलेसम्म कोही पनि आफन्त सम्पर्कमा नआएका कारण शवको पहिचान खुल्न गाह्रो भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रिपर र चालकलाई नियन्त्रणमा लिएको छ । 

null

ट्रिफर चालक इटहरी–१३ का ५६ वर्षिय नुना सरदारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको मोरङ ट्राफिक प्रमुख शिवकुमार पोखरेलले जानकारी जनाएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार तिव्र गतिमा आएको टिपरले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + four =