चितवनमा अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट २४५ 

माघ २७ चितवन । नेपाल अण्डा उत्पादक संघ, चितवन अण्डा उत्पादक संघ, चितवन नवलपुर दाना संघ, पूर्वाञ्चल पोल्ट्री ग्रुप बिच आज (शनिवार) भरतपुरमा संयुक्त बसेको बैठकले अण्डाको मुल्य बढाएको छ । 

दानाको मुल्य बढेकाले आज आईतबार देखि लागु हुने गरी अण्डाको मुल्य पनि बढाईएको नेपाल अण्डा उत्पादक संघ चितवनले जानकारी दिएको छ । मुल्य बृद्धिसँगै अण्डाको मुल्य प्रतिक्रेट दुई सय ४५ रुपैयाँ पुगेको छ । 

दानामा प्रयोग हुने मुख्य कच्चा सामग्री मकै र भटमास पिनाको मूल्य बढेसँगै अण्डाको मुल्य बढाउनु परेको किसानहरुले बताएका छन् । यस अघि किसानहरुले अण्डा सप्लायर्सहरुलाई प्रतिक्रेट दुई सय ३० रुपैयाँमा बेच्दै आएका थिए । 

null

अण्डाको मुल्यको बजरलाई स्थिरता ल्याउनका लागि अण्डा व्यवसायी र किसान बिच एस.एम.एस सिस्टमको व्यवस्था पनि गरिएको नेपाल अण्डा उत्पादक संघले जानकारी दिए 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 10 =