पूर्वाञ्चल विश्वविद्यालय तहसनहस बनाउने झालाई पाठकको संरक्षण

 

काठमाडौं, ४ फागुन । ‘एकजना व्यक्तिको स्वार्थको कारण सिंगो संस्था नै धरासयी कसरी बन्न सक्छ ?’ यसको पछिल्लो उदाहरण बनेको छ पूर्वाञ्चल विश्वविद्यालय । १९ वर्ष अघि आइटी कन्सल्ट्यान्टका रुपमा पूर्वाञ्चल विश्वविद्यालयमा छिरेका राजेशकुमार झा अहिले त्यस्तो शक्तिशाली छन्, जसको चाहना बिना यहाँ केही हुदैन, उसले चाहे जे पनि हुन्छ । 

पूर्वाञ्चल विश्वविद्यालय हित तथा सरोकार समाजका अध्यक्ष इन्जिनियर सञ्जीव रोकाहा भन्छन्, ‘पूर्वाञ्चल विश्वविद्यालयलाई राजेशकुमार झाले आफ्नो व्यक्तिगत प्रा.लि बनाएका छन् ।’ विश्वविद्यालय प्रशासनको रेकर्ड अनुसार पूर्वाञ्चल विश्वविद्यालयमा २०५८ सालमा आइटी कन्सल्ट्यान्टका रुपमा नियुक्त भई भएका थिए । 

null

तर, आइटी कन्सल्ट्यान्टका रुपमा नियुक्त भएका झा बिस्तारै यस्तो शक्तिशाली हुदै गए की उनले विश्वविद्यालयको सबै क्षेत्रमा हस्तक्षेप गर्न सुरु गरे । नयाँ पेज लेख्छ । विश्वविद्यालयका एक कर्मचारी भन्छन्, ‘उनी कर्मचारीभन्दा पनि सरकारले पठाएको प्रतिनिधिको रुपमा स्थापित भए । सबै क्षेत्रमा उनको हस्तक्षेप सुरु भयो ।’ 

भारतमा स्नातकसम्म पढेको प्रमाणपत्र पेश गरेर छिरेका कन्सल्ट्यान्ट झा २०६१ सालमा विज्ञान तथा प्रविधि संकायको सह डीन पदमा नियुक्त भए । २०६१ सम्मदेखि २०७१ सम्म चार पटक नियुक्ति थपेर विज्ञान तथा प्रविधि संकायको सह डीन पदमा बसे । 

फेरि २०७१ सालमा विश्वविद्यायमा उनकै लागि समन्वय महाशाखा गठन गरियो । विश्वविद्यालयको ऐन समेत परिर्वतन गरेर उनको लागि नयाँ पद सृजना गरियो । झा यो महाशाखाका प्रमुख भए । सरोकार समाजका अध्यक्ष इन्जिनियर रोकाहा भन्छन, ‘ऐन नै परिर्वतन गरेर यो पद विशुद्ध राजेश झाका लागि सृजना गरियो ।’ 

झाको यो पदको अवधी आगमी २०७५ चैत सम्म छ । तर चैत २७ गतेदेखि आफू हट्ने भएपछि झाले विश्वविद्यालयको कार्यकारी परिषदको बैठक राख्न लगाए । गत २७ कार्तिक २०७५ मा बसेको बैठकले झालाई सह–रजिष्ट्रारमा नियुक्त गरेको छ । सह–रजिष्ट्रार पद पनि उनकै दबाब र सेटिङमा सृजना गरिएको हो । तर, उनको नियुक्ति नियमावली विपरित भएको प्राध्यापकहरुको भनाई । 

परिषदमा ५ जना रहने व्यवस्था भए पनि अहिले २ जना (उपकुलपति र रजिष्ट्रार) मात्रै छन् । २ जनाको अपूर्ण परिषदले विश्वविद्यालयको नियमावलीको विपरित नियुक्ति गरेको भन्दै प्राध्यापकहरु आन्दोलित भएका हुन् । यही कारण पूर्वाञ्चल विश्वविद्यालयमा गएको एक महिनाअघिदेखि प्राध्यापकहरु आन्दोलित छन् । विश्वविद्यालयमा ताला लागेको छ । 

झा पूर्वाञ्चल विश्वविद्यालयका यस्ता ‘किङ्ग मेकर’ हुन्, जसले कुलपति र रजिष्ट्रारलाई पनि आफू अनुकुल चलाउँछन् । 

विश्वविद्यालयका कर्मचारीहरुका अनुसार झा पूर्वाञ्चल विश्वविद्यालयका यस्ता ‘किङ्ग मेकर’ हुन्, जसले कुलपति र रजिष्ट्रारलाई पनि आफू अनुकुल चलाउँछन् । सम्बन्धन दिने, कार्यक्रम थप गर्ने र भौतिक संरचना निर्माण सबैमा झाले सेटिङ गर्ने गरेका छन् । प्रश्नपत्र आउटदेखि सम्बन्धन दिने सबै प्रक्रियामा आर्थिक चलखेल झाले नै गर्ने गरेका छन् । 

पूर्वाञ्चल विश्वविद्यायलका उपकुलपति घनश्यामलाल दास र रजिस्ट्रार प्रमिला थापाले पनि यही कारणले झालाई नियुक्ति गरेका हुन् । पूर्वाञ्चल विश्वविद्यालय सरकारले बहुविश्वविद्यालयको अबधारणा ल्याएपछि स्थापना भएको विश्वविद्यालय हो । 

यसको मुख्य क्षेत्र तत्कालिन पूर्वाञ्चलका जिल्लाहरु नै हुन् । तर, यसले सम्बन्धन दिएका कलेजहरु ८० प्रतिसतभन्दा बढी काठमाडौं र पश्चिम क्षेत्रमा छन् । आर्थिक चलखेल गरेर काठमाडौं, पोखरा र नेपालगञ्जमा सम्बन्धन दिएका छन् । यो सबै सम्बन्धनको सेटिङको शुत्रधार झा नै हुन् । 

झा सुरुदेखि नै विवादास्पद हुन् । उनले १९ वर्षअघि पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै त्यो बेला नै आवाज उठेको थियो । पछिल्दो समयमा पनि प्राध्यापक र स्थानीयहरुले शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै छानविनका लागि माग गरेका छन् । तर, झाले विश्वविद्यालयबाट प्रमाणपत्र नै गायब पारेका छन् । 

उनको प्रमाणपत्रको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको थियो । तर, घूस काण्डमा मुछिएर राजिनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको कारण उनको छानविन हुन सकेन । पाठकका भाई डा.सुभनारायण पाठक विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डिन हुन् । भाई सुभनारायण पाठक मार्फत शक्ति लगाएर झाले छानविन समेत रोकेका थिए । सुभनारायण पाठक झाका आर्थिक साझेदार समेत हुन् । 

झाको नियुत्ती बिरुद्ध पछिल्लो समयमा प्राध्यापक संगठन, स्थानीय सरोकारवाला निकाय सबै आन्दोलनमा उत्रिएका छन् । 

सुभनारायणका दाई राजनारायण पाठकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिन सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैयाँ घूस लिएको भिडियो सार्वजनिक भएपछि राजिनामा दिएका छन् । यो प्रकरणमा डिन डा. पाठक पनि मुछिएका छन् । 

विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दास र रजिस्ट्रार प्रमिला थापा पनि पछिल्लो समयमा उनकै प्रभावमा परेको प्राध्याकहरु बताउँछन् । झासँग उनीहरुको आर्थिक चलखेल र साझेदारी रहेको बताइन्छ । अवैधानिक रुपमा नियुक्ति दिने दास र थापामाथि पनि छानविन गरिनु पर्ने समाजका अध्यक्ष इन्जिनियर रोकाहा बताउँछन् । 

झाको नियुत्ती बिरुद्ध पछिल्लो समयमा प्राध्यापक संगठन, स्थानीय सरोकारवाला निकाय सबै आन्दोलनमा उत्रिएका छन् । नेकपा निकट प्रगतिशील प्राध्यापक संगठनसँगै कांग्रेस निकट प्राध्यापकहरु पनि बिरोधमा छन् । 

तर, झाले सधैं स्थानीय नेतादेखि अख्तियारसम्म सेटिङ मिलाउने गरेका छन् । नेकपा निकट युवा नेताहरु समेत आर्थिक साझेदारीको कारण उनको पक्षमा रहेको स्रोतको दाबी छ । पूर्वाञ्चल विश्वविद्यालय प्रगतिशील प्राध्यापक संगठनले विश्वविद्यालयमा प्रक्रिया मिचेर नियुक्ति भएको भन्दै प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । 

संगठनका अध्यक्ष नविन भट्टराईको टोलीले प्रधानमन्त्री कार्यालयमार्फत ओलीलाई ज्ञापनपत्र बुझाउँदै नियुक्तिबारे आवश्यक छानविन र कारवाही गर्न माग गरेको छ । 

राजनारायण पाठकको घूस काण्डमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारको समेत ३० लाख डुबेको छ । स्रोतका अनुसार राजेश झा र शुभनारायण पाठक मार्फत राजनारायण पाठककाले वीपी प्रतिष्ठानको फायल तामेलीमा राख्न भन्दै डा. रौनियारबाट ३० लाख बुझेका थिए । 

पाठकका बर्हिगमन सँगै वीपी प्रतिष्ठानका उपकुलपतिको टाउको दुखाई भएको छ । यतिबेला डा. रौनियार एकसाता देखि राजधानीमा फागुन १६ गते डाकिएको सिनेट रोक्ने कसरतमा छन् । प्रतिष्ठानको ऐनको नियमावली ११ घ अन्तर्गत बोलाइएको सिनेटमा आफ्नै भ्रष्टाचारका काण्ड निर्णयार्थ प्रस्तुत हुने भएपनि उपकुलपतिलाई ज्वरो आएको छ । 

स्मरण रहोस आउँदो फागुन १६ गते बस्न लागेको सिनेट स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका सहकुलपति उपेन्द्र यादवको अध्यक्षतामा बस्दैछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *