विद्याकी अधिष्ठात्री सरस्वतीकाे महत्व

वसन्त पञ्चमी अर्थात् श्रीपञ्चमी सरस्वतीको प्रादुर्भाव (उत्पत्ति/जयन्ती) भएको दिन हो । यो दिन सरस्वतीको आराधना, पूजा गर्नाले सरस्वतीको विशेष अनुकम्पा पाउने विश्वास गरिन्छ । तर, विद्या, बुद्धिकै कारण मनुष्यको मान र अपमान हुने यो संसारमा सरस्वतीको आराधना सधैं आवश्यक हुन्छ । 

तथापी, विद्याकी देवीको जयन्ती भएकाले यो दिनबाट बालबालिकालाई शिक्षा आरम्भ गराउने चलन हाम्रो देशमा छ । यो दिन सरस्वतीको विधिवत् पूजा गरेर बालबच्चालाई अक्षाराम्भ भनौं शिक्षा आरम्भ गर्नाले उसमा सरस्वतीको कृपा भइरहने र उ विद्वान र वैदिक हुने मान्यता रहिआएको छ । 

 

null

बासुदेव बराल 

ब्रह्माजीले सारा संसारको रचना गर्दा पनि संसार शुन्य थियो । संसारमा कुनै आवाज थिएन, कुनै ध्वनी थिएन । संसार त बन्यो तर निरश । तब ब्रह्माजीले भगवान् विष्णुको आज्ञानुसार पृथ्वीमा केही जल छम्किए । 

ब्रह्माजीको त्यो जल एउटा रुखमा पर्यो । त्यहाबाट एउटा हातमा वीणा अर्काे हात वरमुद्रा (वरदान दिने मुद्रा) मा भएको एक सुन्दर कन्या निस्किइन् । जसलाई सरस्वती भनियो । सेतो वस्त्र धारण गरेकी उज्यालो र हसिली अवस्थाकी उनको अरु दुई हातमा पुस्तक र माता रहेका थिए । 

उनी जब पृथ्वीमा अवतरण गरिन् सर्वप्रथम उनको वीणा झन्कृत भयो । त्यसपछि चराहरु चिरबिर गर्न लागे । झरनाहरु छङ्छयाउन थाले । नदीमा कलकल आवाज आउन थाल्यो । चारैतर्फ संगीत गुञ्जिन थाल्यो । 

त्यसै समयमा फूलहरु मस्त भएर फुल्न थाले । तोरीले आफ्नो वैश धरतीमा पोख्यो । चारैतर्फ तोरीका फूलहरुले सुन फिजाएको अनुभूति भयोे । पृथ्वीको सबैभन्दा सून्दर समय यही वसन्त ऋतुमा आयो । यसैको स्वागत गर्दै मान्छेले वसन्त पञ्चमी मान्न थाले । 

आवाज, संगीत र ज्ञानकी अधिष्ठात्री सरस्वतीका कृपाले मानिसले बुद्धिको विकास गरे । संसारमा ज्ञान र वुद्धिको विकास भयो । त्यसपछि यसै दिन आफ्ना नवसन्ताको शिक्षाको शुभारम्भ गर्ने चलन पनि बढ्दै गयो । 

शिक्षा आरम्भका लागि सरस्वतीको मन्दिर र सरस्वतीले वास गर्ने स्थान रोजिन थाल्यो । विद्यालयहरुले सरस्वतीको मन्दिर बनाउन थाले र त्यही अक्षराम्भ गराउने चलन बढ्दै गएको छ । 

सबै देवता नजिकैको शिवजट्टा (शिवजंगा) भन्ने स्थानमा स्नान गर्न गए । सरस्वतीलाई देवतासामु स्नान गर्न लाज लाग्यो । तब उनले त्यही पोखरीको निर्माण गरिन् र त्यही स्नान गरेर शिवजीलाई जल अर्पण गरिन् । 

पूर्वमा सरस्वती पूजा र अक्षर आरम्भ गराउने सबैभन्दा उत्तम स्थान धरानको सरस्वती सरोवर (पोखरी) हो । विजयपुरमा अवस्थित श्रीपिण्डेश्वर मन्दिर परिसरमा रहेको सरस्वती सरोवरमा स्नान या जलसेचन गरी त्यहाँ रहेकी सरस्वतीलाई अर्चना गरेर अक्षर/ शिक्षा आरम्भ गर्नाले त्यो बच्चा भविष्यमा विद्वान् हुने पुराणमा उल्लेख भएको बताइन्छ । 

 

धरानकाे पिण्डेश्वरीमा अवस्थित सरस्वती कुण्ड, तस्विर, गुगल 

यो पोखरी सरस्वती आफैंले निर्माण गरेको र त्यहाँ पूजा अर्चना गर्दा सरस्वतीले कृपा गरिरहने स्कन्धपुराणमा उल्लेख भएको विद्वान्हरु बताउछन् । 

समुन्द्र मन्थन पछि सबै देवी देवता मिलेर अमृतको तर र छोक्राको लिङ्ग बनाइ यस स्थानमा श्रीपिण्डेश्वरको स्थापना गरे । तत्पश्चात् सबै देवता नजिकैको शिवजट्टा (शिवजंगा) भन्ने स्थानमा स्नान गर्न गए । 

सरस्वतीलाई देवतासामु स्नान गर्न लाज लाग्यो । तब उनले त्यही पोखरीको निर्माण गरिन् र त्यही स्नान गरेर शिवजीलाई जल अर्पण गरिन् । 

पोखरीको निर्माण पश्चात् उनले त्यहाँ स्नान गरेर अर्चना गर्दै ‘जसले शिवजीलाई जल चढाउला उ विद्वान हुनेछ’ भनेर वरदान दिइन् । त्यही बेलादेखि त्यहाँ स्नान गर्ने र त्यहाँको जल शिवजीलाई चढाउन थालियो । 

अहिले पनि सरस्वती पूजाका दिन बालबच्चालाई त्यहाँ रहेको सरस्वती सरोवरमा पूजाअर्चना गराइ अक्षर आरम्भ गराउने चलन छँदैछ । 

श्रीपिण्डेश्वर मन्दिरकै सन्निकट रहेको सरस्वती सरोवरमा अक्षर आरम्भ गराउनको अर्काे कारण पनि रहेको छ । सबै शिक्षाको सुरुवात व्याकरणबाट भएको मानिन्छ । 

 

पाणिनी भन्ने ऋषिले कठोर तपस्या गरे । शिवजीले उनलाई दर्शन दिदै आफ्नो डमरु बजाउनु भयो । जुन डमरुबाट व्याकरणका १४ सूत्र अइउण, ऋलृक… आदि जन्मियो । पाणिनीले त्यही सूत्रबाट व्याकरणको विकास गरे । यसरी शिक्षाको सुरुवात भगवान् शिवले डमरुद्वारा गर्नुभयो । 

त्यही कारण सरस्वतीको आराधना सरस्वती सरोवरमा गरेपछि शिक्षाका उत्पत्तिकर्ता शिवजीको पूजा गर्नाले त्यो मानिस निश्चय नै विद्वान बन्ने पुराणमा उल्लेख छ । 

यो सबै गर्नका लागि धरानको पिण्डेश्वर मन्दिर र त्यसको परिसरमा रहेको सरस्वती सरोवर उत्तम मानिएको हो । यहाँ प्रत्येक वर्ष सरस्वती पूजाका दिन श्रीपिण्डेश्वर बाबाधाम समितिले अक्षाराम्भ गराउने कार्यक्रम गर्दछ । 

यस दिन यहाँ पूर्वका धेरै भक्तजनहरु आफ्ना सन्तानहरु लिएर अक्षर आरम्भ गर्न आउदछन् । यसपटक यो पर्व माघ २७ गते आइतवारका दिन पर्दछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 2 =