एआइविटीको समस्या समाधानका लागि तत्परता, इक्यान भन्छः ‘समस्या समाधानको बाटो छ’

फागुन ९, काठमाडौं । अस्ट्रेलियन इन्ष्टिच्युट अफ बिजनेस टेक्नोलोजी (AIBT) कलेजलाई अष्ट्रेलियन क्वालिटि अथिरिटि (अस्क्वा) ले दर्ता नगर्ने निर्णयबाट समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्न नेपालका कन्सल्टेन्सी र तिनका संस्थाहरुले तत्परता देखाएका छन् । 

अस्ट्रेलियाको सिड्नी, ब्रिसबेन र मेलबर्नमा सञ्चालित भेट कलेजमा नर्सिङ विषय अध्ययनरत एक हजार बढि नेपाली विद्यार्थी समस्यामा परेकाले समस्या समाधानका लागि कन्सल्टेन्सी ब्यवसायीहरु लागि परेका हुन् । 

राजधानीका ठूला कन्सल्टेन्सीहरुबाट गएका विद्यार्थीको समस्या समाधान गर्न कन्सल्टेन्सी ब्यवसायी, तिनका संस्थाहरुले तत्परता देखाएका हुन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आजै प्रेस विज्ञप्ति जारी गरी एआईविटीसँग सम्वन्धित नेपाली विद्यार्थीहरुको अध्ययनको सुनिश्चितता एवम् मान्यता तथा लगानीको सुरक्षाका विषयमा, त्यसको समुचित समाधानका लागि पहलकदमी गर्ने निर्णय गरेको छ । 

null

 

इक्यानले (एआइविटी) मा श्रृजना भएको समस्यालाई लिएर उक्त कलेजसँग निरन्तर सम्पर्कमा रहेको भन्दै कलेजसँग समन्वय गरि समस्या समाधानका लागि क्रियाशिल रहेको जनाएको छ । इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले एक विज्ञप्ति जारी गरी अध्ययनरत नेपाली विद्यार्थीहरुको उनिहरुले पुरा गरिसकेको अध्ययन कार्यको उपयुक्त मान्यता (Proper Credit) को सुनिश्चितता तथा भईसकेको आर्थिक लगानीको सुरक्षा हुनु पर्दछ भन्दै समाधानका निमित्त शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गरिरहेको जनाएको छ । 

इक्यानले अष्ट्रेलिया स्थित नेपाली राजदुतावास, अन्तराष्ट्रिय विद्यार्थी संगठन काउन्सिल अफ ईन्टरनेसनल स्टुडेन्ट अष्ट्रेलिया (CISA) लगायत अन्यसंघ संस्थाहरुसँग नियमित सहकार्य गर्दै समस्याको उपयुक्त र छिटो समाधान खोज्न सहजिकरण गरिरहेको बताएको छ । 

इक्यानले अष्ट्रेलियामा अन्तराष्ट्रिय विद्यार्थीहरुसँग प्रत्यक्ष सरोकार राख्ने प्रचलित कानून र ब्यवस्थाहरु जस्तै ESOS Act, National Code, TPS र यो सम्बन्धि हेर्ने अष्ट्रेलियन निकायहरुले त्यहाँ अध्ययनरत विदेशी विद्यार्थीहरुले बुझाउने शुल्क र अध्ययनको सुनिश्चितताका लागि प्रशस्त व्यवस्था गरेको हुँदा कानूनी उपचारका लागि स्वाभाविक रुपमा लाग्ने सामान्य समयावधि भित्र हाल समस्यामा परेका सबै विद्यार्थीहरुको (अरु विदेशी विद्यार्थीहरुको पनि) समस्या समाधान हुने बताएको छ । 

यसैगरी राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) ले समेत विज्ञप्ति जारी गर्दै समस्या समाधानका लागि पहल गर्ने जनाएको छ । नेकाले समस्या समाधानका लागि आफ्नो प्रतिनिधि अष्ट्रेलिया पठाएको समेत जनाएको छ । 

 

यसैगरी केहि कन्सल्टेन्सीहरुले समेत विद्यार्थीहरुको समस्या समाधान गर्नका लागि अष्ट्रेलिया आफ्ना प्रतिनिधि पठाएको बताएका छन् । काठमाडौँ इनफोसिसबाट एआइबिटी कलेजमा नर्सिङ अध्ययनका लागि गएका सम्पूर्ण विद्यार्थीहरु सम्पर्कमा आएको भन्दै उनीहरुको समस्या समाधानका लागि पहल गरिरहेको बताएको छ । 

काठमाडौं इन्फोसिसबाट एआइविटी कलेजमा नर्सिङ अध्ययनका लागि गएका पाँच जना विद्यार्थी अष्ट्रेलिया स्थित कार्यालयको सम्पर्कमा रहेको र उनीहरुको सम्पूर्ण जिम्मा अष्ट्रेलिया स्थित कार्यालयले लिएको बताएको छ । काठमाडौं इन्फोसिसका राजेन्द्र रिजालले विद्यार्थीमा पर्न गएको समस्या समाधानका लागि कन्सल्टेन्सी गंम्भिर भएको भन्दै अभिभावक र विद्यार्थीमा धैर्यधारण गर्न आग्रह गरे । 

यसैगरी कंगारु एजुकेशन फाउण्डेशनले समेत विद्यार्थीलाई धैर्यधारण गर्न भन्दै समस्या समाधानका लागि आफुहरु प्रतिबद्ध रहेको जनाएको छ । कंगारुले विद्यार्थीहरुलाई कुनै कठिनाइ भएमा अष्ट्रेलियाको सिड्नी र नेपाल स्थित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । 

कंगारुका म्यानेजिङ डाइरेक्टर महेशबाबु तिमलसिनाले कंगारुले परामर्श गरेको केहि सिमित विद्यार्थीका लागि मात्र नभए समग्र नेपाली विद्यार्थीको समस्याहल गर्न आफुहरु लागि परेको बताएका छन् । 

मर्सि एजुकेशन कन्सल्टेन्सीका म्यानेजिङ डाइरेक्टर राम टण्डन क्षेत्री अष्ट्रलिया पुगेका छन् । यस्तै क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका म्यानेजिङ डाइरेक्टर शिशिर सिंखडाले आफु अष्ट्रेलियामै रहेको र क्याम्ब्रिजबाट एआइविटीमा गएका विद्यार्थीहरुसँग आफु नियमित सम्पर्कमा रहेको भन्दै उनीहरुलाई आइपर्ने जस्तो सुकै समस्या समाधानका लागि आफु तत्पर रहेको बताए । 

‘नेपाली विद्यार्थीलाई आइपरेको समस्या समाधान गर्न अष्ट्रेलियामा रहेका सबै निकाय तत्पर छन्, हामी विद्यार्थी र अभिभावकसँग नियमित सम्पर्कमा छौं, विद्यार्थी अभिभावकलाई धैर्यधारण गर्नहुन अनुरोध गर्दछु ।’ उनले भने । 

एआइविटीको दर्ता आगामी महिनाको अन्तिम हप्ताबाट खारेज हुने निर्णय भएपछि त्यहाँ अध्ययनरत एक हजार नेपाली विद्यार्थीहरु मध्ये केहि विद्यार्थीले न्यूज २४ टेलिभिजनको सिधाकुरा जनतासँग कार्यक्रममा यो विषय सार्वजनिक गरेका थिए । एक दर्जन विद्यार्थीले नेपालका ठूला कन्सल्टेन्सीको नामै लिएर आफुहरुलाई कन्सल्टेन्सी र कलेजले धोका लिएर पठाएको बताएपछि समस्या उजागर भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *