संस्थामा लागेको ताला १० दिन पछि खोलियो

फागुन ७, सुखड । कैलाली घोडाघोडी बिद्युत ग्रामिण सहकारी संस्थामा लागेको ताला १० दिन पछि खोलिएको छ । हिजाे घोडाघोडी बिद्युत ग्रामिण सहकारी संस्थाका प्रतिनिधि र बिद्युत बिस्तार सर्घष समिति प्रतिनिधि बिच सहमती भए पछि १० दिन सम्म लागेको ताला खोलिएको हो । 

 

घोडाघोडी बिद्युत ग्रामिण सहकारी संस्थाले चैत समान्त सम्म बिद्युत नपुगेको ठाउँमा जसरी भए पनि बिद्युत बाल्ने सहमति जनाए पछि कार्यलयमा लागेको ताला खोलिएको हो । साथै पुरानो सम्झौतालाई टेकेर काम गर्ने लिखित सहमती पनि भएको छ । 

null

अहिले पोल गाठेको ठाउँमा तार तान्ने काम धमाधम भईरहेको हुदा चैत महिना अगाबै आफुहरुले बिद्युत बाल्ने संस्थाका अध्यक्ष भिम बढुवालले बताए । यदी काम गर्ने क्रममा प्राविधीक ढिलाई भयो भने बैशाख सम्मको समयलाई पनि आफु पर्खने बिद्युत बिस्तार संर्घष समिति अध्यक्ष देब बहादुर नेधीले बताए । त्यो समय भित्र बिद्युत नबलेको खण्डमा कडा भन्दा कडा सर्घष गर्ने उनको भनाई रहेको छ । 

माघ २७ गते घोडाघोडी नगरपालिकाका ५ र ७ का स्थानिय बासीहरु लामो समय देखी बिद्युतबाट बञ्चित भएको भन्दै स्थानिय बासीहरु आन्दोलित भएका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *