नेबिसंघ चितवनमा तीन अध्यक्ष, आधिकारिक अध्यक्ष को ?

फागुन ३, चितवन । पछिल्लो समय नेपाल विद्यार्थी संघ चितवनमा विवाद चुलिँदै गएको छ । नेपाली काँग्रेस चितवनले सभापतिको जिम्मेवारी दिएका सूर्य ढकाल पदमा रहँदारहँदै संघका तत्कालीन केन्द्रीय अध्यक्ष नैनसिंह महरले चितवनका लागि दीपक दवाडी र दीनेश पौडेललाई छुट्टाछुट्टै विज्ञप्ती जारी गरेर जिल्ला सुम्पिदिएपछि नेबिसंघ चितवनको आधिकारिक अध्यक्ष को हो ? भन्ने विषयमा विवाद बढ्दै गएको हो । 

केन्द्रीय अध्यक्ष महरले सोमबार पदबाट राजीनामा दिएपछि संगठन भित्र झनै ठूलो समस्या निम्तिएको नेेबिसंघ चितवनले जनाएको छ । उता, नेपाली काँग्रेस चितवनले भने संगठनका अध्यक्ष सूर्य ढकाल नै भएको जनाएको छ । ‘केन्द्रीय सदस्यमा समेत १३ जनाको नाम आइसकेको बताउँदै पार्टी सभापति जीतनारायण श्रेष्ठले दोस्रो व्यक्तिलाई मान्यता दिन नसकिने बताए । 

’महरले आफूले पदबाट राजीनामा दिनुभन्दा पहिले २५ वटा जिल्लामा लथालिङ्ग बनाएर छाडेका छन् । यो एकदमै लज्जास्पद कुरा हो ।’ नेविसंघको इतिहासमै सबैभन्दा नराम्रो काम भएको उनले बताए । महरको जिम्मेवारी गएको भदौ २ गते नै सकिएको थियो । तर, पार्टीले पटकपटक म्याद थप गरी माघ १० गतेसम्मका लागि जिम्मेवारी दिइएको थियो । त्यसपछि भने पार्टीले कुनै प्रतिक्रिया दिएको थिएन । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *