महिला साफका लागि विराटनगरमा चौबीसैं घण्टा विकासका काम

फागुन १२, बिराटनगर ।  अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यही फागु्न २८ गतेदेखि चैत ८ सम्म हुने पाँचौं साफ महिला च्याम्पियनशीप फुटबल प्रतियोगिताका लागि विराटनगरमा रात्रीकालिन विकास निमार्णको काम सुरु गरिएको छ । 

 

बिराटनगरमा विकासको कामले गति लिन नसकेको आरोप लागिरहेको अवस्थामा राति र दिउँसो चौबीसैं घण्टा काम जारी राखिएको बिराटनगर महानगरपालिकाले जनाएको छ । बिराटनगरको विकासका कामहरू द्रुतगतीमा  सम्पन्न गर्न रात्रीकालिन काम भएको हो । विशेषगरी साफ खेलहुने मैदान आसपासको सडकलाई पहिलो प्राथमिकतामा राखेर रात्रीकाली काम सुरु गरिएको हो । दिउँसै कमसल सामाग्रीको प्रयोग भएको गुनासा चौतर्फी आईरहँदा रातको समयमा हुने काममा कैफियत हुन सक्ने भनेर महानगरले अनुगमन पनि बढाएको जनाएको छ । 

null

बिराटनगर महानगरका मेयर भीम पराजुली सहितको टोलीले रातीको समयमा समेत अनुगमन गर्ने गरेको छ । टोलीले विकास निर्माणको कामका बिषयमा अनुगमन गर्ने गरेको हो । महानगरले जिल्ला प्रशासन कार्यालय हुँदै सहिद मैदान तथा अस्पताल चोकसम्मको सडक भने महिला साफ च्याम्पियनशिप हुनु अगावै सम्पन्न गर्ने गरी काम भएको जनाएको छ । ठेकेदार कम्पनीलाई कुनैपनि हालतमा च्याम्पियनशिप हुन भन्दा अगाडि सक्न मेयर पराजुलीले निर्देशन दिएका छन् । 

 

नेपालमै पहिलोपटक काठमाडौं बाहिर बिराटनगरमा हुने पाँचौं साफ महिला च्याम्पियनशीप फुटबल प्रतियोगिताको तयारीलाई महानगरले युद्दस्तरमा अघि बढाएको जनाएको छ । प्रतियोगिताका लागि विराटनगरमा चारवटा खेलमैदानको स्तरोन्नती र तिनका आसपासका सडक निमार्णको काम भईरहेको छ । बिराटनगर महानगरपालिका र एन्फाबीच भएको सम्झौताअनुसार खेल सुरु हुनुभन्दा १५ दिन अगाडि निर्माण कार्य सम्पन्न गरेर एन्फालाई हस्तान्तरण गर्ने सहमति भएको थियो ।  

सहमति अनुसार अहिले ७५ प्रतिशत काम सम्पन्न भैसकेको महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताएका छन । साफ च्याम्पियनशिपका लागि महानगरपालिकाले १ करोड र प्रदेश सरकारले करिव ५० लाख बजेट विनियोजन गरेको छ । 

यो बजेट साफका लागि आवश्यक पूर्वाधार निमार्णमा खर्च हुनेछ । साफ सम्पन्न गर्नभने करिव १ करोड खर्चहुने अनुमान एन्फाले गरेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *