गुराँस पुस्तकालय फाइनलमा

फागुन ६, विराटनगर । लायन्स क्लव अफ विराटनगर योङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिताको सोमबार भएको अन्तिम सेमीफाइनल खेलमा गुराँस पुस्तकालयले एग्रोभेट क्रिकेट क्लवलाई १ सय १६ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । 

 

विराटनर– १९ मा रहेको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा टस हारे पहिले ब्याटिङ गरेको गुराँसले निर्धारित ५० ओभरको खेलमा ४६ दशमलव ५ बलमा सवै विकेट गुमाई २ सय २९ रनको मध्यम योगफल तयार पारेको छ । 

null

जस्मा साकीव हकले ३२ रन,कुन्दन यादवले २७ रन,मुकेश कामतले २२ रन र सतीस यादवले २१ रनको योगदान दिए । एग्रोभटका लालबहादुर शर्माले ३ विकेट, राजेश शर्मार र सुनील चौधरीले समान २–२ विकेट लिए । जवाफमा २ सय ३० रनकोे मध्यम लक्ष्य पछ्याएको एग्रोभेटले ४१ दशमलव १ बलमा सवै विकेट गुमाएर १ सय १३ रनमा सिमित भयो । 

जस्मा लालबहादुर शर्माले ४२ रन र दिलिप शर्माले २६ रनकोे योगदान दिए । गुराँसका म्यान अफ कसन्दन यादवले ४ विकेट तथा इसान क्षेत्री र कृष्ण मण्डलले समान २–२ विकेट लिए । होराइजन क्रिकेट क्लब र गुराँस पुस्तकालयविच आज फाइनल खेल हुने मोरङ क्रिकेट संघका सदस्य राजेश पोखरेलले जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *