ब्रम्हकुमारीको वर्दानी भवन समुदघाट्न

फागुन १३, दुहवी। सुनसरीको दुहवीमा ब्रम्हकुमारी राजयोग सेवा केन्द्रको नव निर्मित वर्दानी भवन समुदघाट्न समारोह समपन्न भएको छ । 

 

सो कार्यक्रममा ब्रम्हकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक ब्रम्हकुमारी राजयोग राज दादीको उपस्थितिमा प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री एबम प्रतिनिधि सभा सदस्य बिजय कुमार गच्छदारले दुहबी ६ स्थित वर्दानी भवन समुदघाट्न गर्दै शुभकामना व्यक्त गरेका थिए । 

null

उल्लेख्नीय संख्यामा उपस्थित रहेका ब्रम्हकुमारी राजयोगका भक्तजनहरुले बाजागाजाकासाथ दुहवी बजार परिक्रमा गरि दुहबी ५ स्थित श्री सरस्वती माविको खेल मैदानमा एक कार्यक्रमका विच भव्यताकासाथ सभा समापन गरेका हुन । कार्यक्रममा जनचेतना मूलक श्रव्य नाटक, नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमका बिशेस अतिथीहरु दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदार, उपमेयर सुनिता दाहाल (साह) बुढीगंगा गाउँपालिकाका प्रमुख बालचन्द्र माझी, गढी गाउँपालिकाका प्रमुख श्रीप्रसाद यादवले शुभकामना व्यक्त गरेका थिए । 

सो अवसरमा दुहवी नगरपालिकाका वडाध्यक्षहरु, वडा सदस्यहरु, समाजसेवी, बुद्धिजिवी लगायत एक हजार बढीको उपस्थिति रहेको थियो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *