प्रदेश सरकारद्धारा १ वर्षमा प्रगति विवरण सार्वजनिक

फागुन २, बिराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले बितेको एकवर्षमा प्रदेश सरकारले उपलव्धी मुलक काम गरेको बताएका छन् । 

प्रदेश सरकार गठन भएको एकवर्ष पुगेको अवसरमा मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले एकवर्षे कामको सार्वजनिक गर्न बिराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै उनले शुन्यबाट गुन्द्री र पिरामा बसेर काम सुरु गरेको प्रदेश सरकार विकास निमार्णका दर्जनौँ जनमुखि काम गरेको उल्लेख गरे । 

उनले सरकारको जनमुखीका कामका कारण प्रदेश सरकारप्रती जनताको आस्था एवम् भरोसा बढेको दावि गरे । उनले प्रदेश सरकार गठनपछिको ६ महिना कर्मचारी समायोजन तथा कार्यालय व्यवस्थापनमा खर्च भएको भन्दै अब प्रदेश सरकारले कामको गति लिई सकेको र बजेट तथा निति कार्यक्रम कार्यान्वयन भइरहेको दावि गरे । 

null

कृषिलाई आधुनिकिकरण तथा व्यावसायिक कृषिको विकास , विमानस्थलको स्तरउन्नती तथा विराटनगरबाट प्रदेश १ का सवै विमानस्थालमा उडान सेवा सञ्चालन गर्न काम अघि बढाईको उनले जानकारी दिए । बिराटनगर बिमानस्थाललाई अन्तराष्ट्रिय बिमान स्थलमा स्तर उन्नतीगर्ने तथा, निजिक्षेत्रसँग सहकार्य गरी सप्तकोशी नदिमा जल यातायता संचालनमा ल्याएको उनले जानकारी दिए । 

मुख्यमन्त्री राईले जनतालाई सुरक्षाको अनुभुति प्रदानगर्न प्रदेशका १० लाख भन्दा वढि घरधुरीमा प्रदेश सरकारले स्टिकर टाँस गर्नुका साथै तराई, भित्री मधेश तथा पहाडका एक/एक पालिकामा प्रहरी भेन , एम्वुलेन्स प्रदान गर्नुका साथै प्रदेशमा ४९ वटा नयाँ प्रहरी चौकी निमार्णका लागी पहल अघि बढाएको बताए । 

पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईले ३० बुँदे सरकारको उपलव्धि र्सावजनिक गरेका थिए । गतवर्षको फागुन २ गते मुख्य मन्त्री राईको नेतृत्वमा प्रदेश न १ मा पाँच सदस्यि मन्त्री मण्डल गठन भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *