प्रदेश प्रमुख मल्लको फोक्सोमा इन्फेक्सन, नाइटभिजनबाट काठमाडौँ ल्याइयो

 

फागुन ६, काठमाडौँ । सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्लको स्वास्थ्यमा समस्या आएपछि उनलाई नाइटभिजन हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ । 

छातीमा समस्या आएपछि मल्ललाई हिजो धनगढीको निसर्ग अस्पताल भर्ना गरिएको थियो। त्यहाँ उनको उपचार सम्भव नभएपछि राति करिब १२ बजेतिर उनलाई नेपाली सेनाको नाइटभिजन हेलिकप्टरबाट काठमाडौँ ल्याइएको हो । 

null

७१ वर्षीय मल्लको रगतमा सङ्क्रमण देखिएको छ । अहिले महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उनको उपचार भइरहेको छ । 

उनको स्वास्थ्यमा क्रमिक सुधार आएको उनका प्रेस सहयोगी गजेन्द्रराज ओझाले जानकारी दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *