प्रहरी लगाएर अल्ट्राटेक सिमेन्टले मजदुरमाथि कुटपिट गरेको आरोप

फागुन २, दुहवी । मोरङको बुढीगंगा ५ स्थित अल्ट्राटेक सिमेन्ट उद्योगले प्रहरीको आडमा आफुहरुलाई कुटपिट गरेको मजदुरहरुले आरोप लगाएका छन ।
अल्ट्राटेक सिमेन्ट उद्योगमा काम गर्ने ३६ जना मजदुरहरुले आफुहरुलाई कामबाट निकालेपछि आन्दोलन गर्दा सिमेन्ट उद्योगले इलाका प्रहरी कार्यालय नेमुवाको आड लिएर गुण्डागर्दी शैलीमा धरपकड गरि कुटपिट गरेको उनिहरुले बताए ।
सिमेन्ट उद्योगमा काम गर्ने महिला मजदुर ललीता सरदारले आफुहरुलाई उद्योगले कामबाट निकालेपछि सिमेन्ट उद्योगको गेट अगाडी वुधवारदेखि शान्तिपूर्ण धर्नामा बसी आन्दोलन गर्दा प्रहरीले ज्यादती गरेको बताइन । ‘प्रहरी उद्योगको मात्र हो ? हाम्रो होइन ?’ अर्का महिला मजदुर सुसिला सरदारले भनिन् । उनले प्रहरीले मजदुरलाई सुरक्षा दिनुपर्नेमा मजदुरमारा उद्योगलाई संरक्षण गरि आफुहरुलाइ र्दुव्यवहार गरेको आरोप लगाइन ।
null
३६ जना मजदुरहरुलाई सिमेन्ट उद्योगले कामबाट निकालेपछि मजदुरहरु उद्योग हाता भित्र पस्न खोज्दा उद्योग प्रशासनले धक्का मुक्की गर्दै गेट वाहिर निकालेकोमा आफुहरु अन्यायमा परेको मजदुरहरुले बताए । मजदुरहरुले आफुहरु काम गरिरहेको ठाउँमा अर्कै मजदुर प्रयोग गरिरहेको समेत खुलासा गरे । सो आन्दोलनको समाचार संकलन गर्ने क्रममा सञ्चारकर्मीहरुलाई समेत समाचार संकलन गर्न उद्योग व्यवस्थापकले अवरोध पुर्याएका थिए ।
समाचार संकलन गर्ने क्रममा सञ्चारकर्मीहरुले खिचेको तस्विर हटाउँन दवाव दिनुका साथै आफ्नो सिमेन्ट उद्योग नयाँ भएकोले गुणस्तर चिन्ह समेत प्राप्त न भएको हुँदा समाचार सम्प्रेषणले उद्योगको वेइज्जती हुँने र गुणस्तर चिन्ह प्राप्त गर्न अवरुद्ध हुन सक्ने भन्दै समाचार सम्प्रेषण नगर्न दवाव दिएका थिए ।








