घरेलु मैदानमा बार्सिलोनाको जितमा मेस्सीको पेनाल्टी निर्णायक

एजेन्सी। स्पेनिस ला लिगाअन्तर्गत शनिबार बार्सिलोनाले रियल भालाडोलिडलाई १-० ले पराजित गरेको छ ।  कप्तान लिओनेल मेसीले पेनाल्टीमा गरेको गोल निर्णायक सावित हुँदा अर्को पेनाल्टीमा भने गोल गर्न सकेनन् । 

शनिबार घरेलु मैदान क्याम्प नोउमा मेसीले खेलको ४३ मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । भालाडोलिडका मिसेलले जेरार्ड पिकेलाई लडाएपछि प्राप्त पेनाल्टीमा मेसीले कुनै गल्ती गरेनन् । मेसीले गरेको अन्य प्रयासमा भने बार्सिलोनाका पूर्व गोलरक्षक जोर्डि मासिप लगातार बाधक बनिरहे । 

दोस्रो हाफको अन्तिम समयतिर पनि बार्सिलोनाले पेनाल्टी पाएको थियो । यसपटक भने मेसीको प्रहारलाई गोलरक्षक मासिपले विफल पारे । किको ओलिभासले फिलिपे कोउटिन्होलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । 

null

यस जितसँगै बार्सिलोनाले अंक तालिकाको शीर्ष स्थानमा अग्रता बढाएको छ ‌। बार्सिलोनाको २४ खेलमा ५४ अंक छ भने एट्लेटिकोको समान खेलमा ४७ अंक छ । एक खेल कम खेलेको रियलले ४५ अंक जोडेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =