अरुणिमाकोे ३४ औँ स्थापना दिवस सम्पन्न

माघ २०, काठमाडाैँ । अरुणिमा शैक्षिक प्रतिष्ठानले आफ्नो ३४औँ स्थापना दिवस स्मारिका लोकार्पण, व्यक्तित्व अभिनन्दन तथा विविध साँस्कृतिक कार्यक्रमसहित भव्यताका साथ सम्पन्न गरेको छ ।
ज्ञानरुपी ज्योतिले अज्ञानरुपी अन्धकारलाई हटाउने महान संकल्प बोकेर काठमाडाैँकाे आरुवारी बि.सं. २०४२ सालमा स्थापित संस्था यो स्थानसम्म आउँदा आफूलाई त्रिनेत्रको रुपमा स्थापित गराउन सफल भएको छ । गुठियारहरुको सहयोगमा शैक्षिक गुठीकारुपमा संचालित यस प्रतिष्ठानले अरुणिमा मा.वि., बौद्ध, नव अरुणिमा मा.वि., आरुवारी एवम अरुणिमा शिशु सदन मा.वि., महाँकाल समेतको सुव्यवस्थापन गर्न सफल भैसकेको छ ।
null
स्थापना दिवसको अवसरमा प्रतिष्ठानले सामाजिक व्यक्तित्व तर्फ मिक्सु लामा र ठूलीमाया रिसाल, बरिष्ठ साहित्यकार, पत्रकार तथा सामाजिक अभियन्ता बिजय चालिसे र शिक्षक तथा कर्मचारीका तर्फबाट विद्यालय सेवामा २० वर्षे कार्यकाल बिताएका तेज प्रकाश ढुङगेललाई सम्मान गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथी विश्व बिद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा. डा. देबराज अधिकारीले राष्ट्रको विकासमा अतुलनिय योगदान पुर्याउँदै आएको अरुणिमाले आगामी दिनहरुमा अझैँ गुणस्तरिय शिक्षा प्रदान गर्दै आफूलाई उत्कृष्ट विद्यालयको रुपमा स्थापित गराउन सकोस भन्ने धारणा सहित शुभकामना व्यक्त गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद लामिछानेले सम्पूर्ण सहयोगी हातहरुका कारण अरुणिमा राष्ट्रकै उत्कृष्ट शैक्षिक संस्थाहरू मध्यमा आउँन सफल भएको भन्दै सम्पूर्ण सहयोगी तथा शुभेच्छुकहरू प्रति धन्यवाद ज्ञापन गरेका थिए । उनले आगामी दिनमा प्रतिष्ठानका विद्यालयहरूको गुणस्तर अभिवृद्धिमा निरन्तर लागिरहने प्रतिबद्धता समेत व्यक्ति गरे ।
कार्यक्रममा तीनैवटा शैक्षिक संस्थाका विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरुको उल्लेखनिय उपस्थिती रहेको थियो भने विद्यार्थीहरुले नेपाली भेष भूषा र संस्कृति झल्कने बिभिन्न साँस्कृतिक कार्यक्रमको प्रस्तुति समेत गरेका थिए ।








