ट्रक दुर्घटना हुँदा दुईको मृत्यु
२०७५ फागुन ६ गते

फागुन ५, राजविराज। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज बिहान ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा ट्रकमा सवार बारा निजगढ नगरपालिका– ८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामा रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।
उनीहरुको घट्नास्थलमै मृत्यु भएको र ट्रक चालक बारा जिल्ला निजगढ नगरपालिका– ८ का २१ वर्षीय सौरभ लामा घाइते भएकाले उनको ठेलिया स्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।
null
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख १६५१ नं को मैदा पिठो बोकेको ट्रक अनियन्त्रित भई रुखमा ठोकिएको थियो ।
२०७५ फागुन ६ गते
प्रतिक्रिया
सम्बन्धित








