वीर अस्पतालको लिफ्ट चुँडिदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर
२०७५ फागुन ११ गते

फागुन १०, काठमाडौँ । वीर अस्पतालको निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्ट चुँडिदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । लिफ्ट चुँडिदा सप्तरीका २५ वर्षीय नवीनकुमार चौधरी र २० वर्षीय भूमिकुमार चौधरीको मृत्यु भएको हो भने सप्तरीकै सचितानन्द चौधरी गम्भीर घाइते भएका हुन् ।
बिहीबार साँझ भवन निर्माणका क्रममा तीनजना मजदुर सामान सहित लिफ्टमा माथि जाँदै गर्दा लिफ्ट चुँडिएर तीनैजना घाइते भएका थिए । वीर अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको र एक जनाको ट्रमा सेन्टरको आकस्मिक कक्षमा उपचार भइरहेको जानकारी दिइएको छ ।
null
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०७५ फागुन ११ गते
प्रतिक्रिया
सम्बन्धित








