भेनेजुएला प्रकरणमा चर्किएको विवाद मत्थर

काठमाडौं । सरकार र अमेरिकी दूतावास दुवैले भेनेजुएलाबारे नेकपा अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यपछि चर्केको विवाद नतन्क्याउने भएका छन्। भेनेजुएला प्रकरण निकै चर्किएपछि विवाद मत्थर पार्न सरकारले अग्रसरता लिएको हो। 

परराष्ट्रका अधिकारीले राजनीतिक दलका शीर्ष नेताहरूसँग यस्ता विषय तन्काइरहँदा कूटनीतिक सन्देश नराम्रो जाने मात्र होइन वाह्य शक्तिले फाइदा उठाउन सक्नेसमेत सुझाव दिएका थिए। 

त्यसपछि सरकार विवाद मत्थर पार्न लागि परेको हो। एउटा घटनालाई लिएर लगातार अनेकौं विषय उठाउँदा अन्य देश सँगको सम्बन्ध पनि असहज बन्न सक्ने ब्रिफिङ परराष्ट्रका अधिकारीले गरेपछि शीर्ष नेताहरू आंशिक सहमत भएका हुन्। 

null

प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवासम्म यो सन्देश पुर्याइए पनि यसबारे गम्भीर छलफल नभएको देउवानिकट एक सांसदले सुनाए।  

यही विषयमा अमेरिकी राजदूत ¥यान्डी बेरीले राजनीतिक दलका नेताहरूलाई भेटिरहेका छन्। समस्या समाधान गर्न भन्दै उनले भेटघाट गरिरहेका हुन्। अन्नपूर्ण पोस्ट दैनिकमा विस्तृतमा खबर छापिएको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 1 =