एट्लेटिको मड्रिडले रियल मड्रिडलाई उछिन्यो

एजेन्सी । एट्लेटिको मड्रिडले स्पेनिस लिगा फुटबलमा रियल मड्रिडलाई उछिन्न सफल भएको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले रायो भालेकानोलाई पराजित गर्दै तालिकाको दोस्रो स्थानमा उक्लिन सफल भएको छ । 

एन्टोनियो ग्रिजम्यानले खेलको ७४ औ मिनेटमा गरेको गोल रियललाई पछाडी पार्न एट्लेटिकोका लागि पर्याप्त बन्यो । 

दोस्रो स्थानको एट्लेटिकोले २४ खेलबाट ४७ अंक जोडेको छ । रियल ४५ अंक सहित तेस्रो स्थानमा छ । रियलले एक खेल कम खेलेको छ । बार्सिलोना ५१ अंक सहित शीर्ष स्थानमा छ । रायो भालेकानो २३ अंक सहित रेलिगेशन जोनमा यथावत छ । 

null

 

पछिल्लो तीन खेलमा एट्लेटिकाको यो पहिलो जित हो । रियल बेटिस र रियल मड्रिडसंग गत महिना पराजित भएपछि एट्लेटिकोले अंक जोड्न सकेको थिएन । 

आईतबारको खेलमा रियलले जिरोनालाई घरेलु मैदानमा पराजित गरेमा दोस्रो स्थानमा पुनरागमन गर्न सक्नेछ । 

एट्लेटिकोले आगामी बुधबार च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगको खेलमा ईटालियन महारथी युभेन्ट्ससंग प्रतिस्पर्धा गर्दैछ । 

मुख्य प्रशिक्षक डिएगो सिमोनले यसै हप्ता क्लबसंग नयाँ सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार सिमाने सन् २०२२ सम्म क्लबमा रहनेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 3 =