बिराटनगरबाट गएका एक दर्जन विद्यार्थी अष्ट्रेलियामा अलपत्र

फागुन १२, बिराटनगर । उच्च शिक्षाका लागि अष्ट्रेलियाको सिड्नी र बृजबेलमा रहेको अष्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबिटी) मा अध्ययनरत करिब १ हजार विद्यार्थीहरु कलेजको बदमासीका कारण बिचल्लीमा परेका छन् । 

 

स्वीकृति नलिई सुरु गरेको कोर्षमा अष्ट्रेलियामा भर्ना लिएर बिचल्लीमा परेका नेपाली विद्यार्थीहरु मध्ये करिब एक दर्जन विद्यार्थी विराटनगरमा रहेका कन्सल्टेन्सीहरुले पठाएको रहस्य खुलेको छ । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी) को कमजोरीका कारण एआईबिटी कलेजमा अध्ययनरत ७ सय ४३ नेपाली विद्यार्थीको भविष्य अन्योलमा परेको हो । सो कलेजले अष्ट्रेलियन सरकारको नर्सिङ काउन्सिलबाट नर्सिङ अध्ययन स्वीकृति नलिई सुरु गरेको कोर्समा नेपाली विद्यार्थी भर्ना लिएकै कारण समस्या सृर्जना भएको हो । 

null

यसैबीच कलेजको दर्ता समेत अष्ट्रेलियन सरकारले खारेज गर्ने निर्णय गरेको छ । कलेजको दर्ता खारेजपछि त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्य अब के हुने भन्ने थप अन्यौलता रहेको छ । विद्यार्थीहरुले कलेजको बदमासीको कारण आफूहरुको भविष्य अन्योलमा परेको र कन्सल्टेन्सीले सबै कुरा थाहा भएरै पनि यस्तो कलेजमा पठाएको भन्दै गुनासो गरेका छन् । यता कन्सल्टेन्सीहरुले भने विद्यार्थीहरुले आपनो कन्सल्टेन्सीको नाम लिएको भन्दै उनीहरुका परिवारका सदस्यलाई दबाब दिएको पिडित विद्यार्थीहरुले गुनासो गरेका छन् । 

एनम्याकको स्विकृति बिना विद्यार्थीले हासिल गरेको नर्सिङ शैक्षिक प्रमाणपत्र अनाधिकृत ठहरिन्छ । उनीहरुले एआइबीटीमा नर्सिङ अध्ययन सकेर पेशामा लाग्न तथा माथिल्लो तहमा जान समेत पाउँदैनन् । अष्ट्रेलियामा पिडित बनेका विद्यार्थीहरुको गुनासो बाहिरिएपछि विराटनगरमा रहेका विभिन्न कन्सल्टेन्सीहरुले करिव १ दर्जन विद्यार्थी पठाएको बुझिएको छ ।  

कतिपय कन्सल्टेन्सीहरुले विद्यार्थी नपठाएको दावी गरेका छन् भने कतिपयले विद्यार्थी पठाएको स्वीकारेका छन् । सबै भन्दा बढी विद्यार्थी पठाएको भनिएको एक्स्पर्ट कन्सल्टेन्सी विराटनगरले भने सिधै अस्विकार गरेको छ । सो कन्सल्टेन्सीका प्रबन्धक अनुभव दाहालले प्रबन्धकले आफ्नो कन्सल्टेन्सीबाट कोही विद्यार्थीसो कलेजमा नगएको दावि गरे । उनले भने ‘हाम्रो बाट एकजना पनि कोही पनि विद्यार्थी हुनुहुन्न । हामीले खोलेको लगभग एक वर्ष हुन लाग्यो । हाम्रोबाट १५ जना जति त जानु भएको छ तर एआइबिटिबाट कोहीपनि हुनुहुन्न ।’ 

यस्तै अल्फाबिटाका प्रबन्धक टिका ढकालल सो कन्सल्टेन्सीबाट उक्त कलेजमा जम्मा ६ जना र विराटनगरबाट एक जना विद्यार्थी गएको स्वीकार गरे । उनले कलेजले सेप्टेम्बर सम्ममा अध्ययनको स्वीकृति पाइसक्ने बताएकोले विद्यार्थी पठाएको दावि गरे । उनले भने ‘ यो वर्षमा जम्मा ६ जना विद्यार्थीहरु पर्नु भएको छ । समस्या आउँने वित्तिकै हामीले विद्यार्थीसँग प्रत्यक्षरुपमा सम्पर्क गर्दै सोलुसनको बाटोमा हामी गइरहेका छौँ । अत्तालिई हाल्नु पर्ने अवस्था छैन । 

अहिलेनै कलेज खारेज भइसकेको छैन । यसको सोलुसन डेफिनेट्ली निस्कन्छ ।’ यता प्रसिडेन्सियल विराटनगर एकेडेमिक फाउण्डेशनले भने सो कलेजसँग आवद्ध नरहेकोले विद्यार्थीहरु नपठाएको जनाएको छ । विराटनगरको डल्फिन एजुकेशन कन्सल्टेन्सीबाट १ जना डिप्लोमा इन नर्सिङ अध्ययनको लागि गएको प्रबन्धक सरोज बस्नेतले बताए । उनले कलेजले स्वीकृति पाउने आशमा विद्यार्थी पठाईएको दावी गरे । काठमाडौँ इन्फोसिस विराटनगरका शाखा प्रमुख प्रमोद सोनीले काठमाडौँ इन्फोसिसबाट जम्मा ५ जना विद्यार्थी गएको बताउँदै सबै विद्यार्थीहरुलाई सहयोग गरिरहेको दावी गरे । 

उनले भने ‘हाम्रा विद्यार्थीको समस्या हामीले मिलाइ सकेका छौँ । हाम्रो सिड्नी अफिसले ति विद्यार्थीलाइ परशमर्श दिईरहेको छ । यो समस्या बाट कसरि निकाल्न सकिन्छ भनेर हामी लागि रहेका छौँ । हाम्रो संस्थाबाट पठाइएका विद्यार्थीलाई कुनै समस्या हुँन दिदैनौँ त्यसको ग्यारेन्टी दिन्छौँ ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *