पाकिस्तानले महिला साफ नखेल्ने, समुह एमा नेपालसहित भुटान र बंगलादेश

काठमाडौं । नेपालमा हुने तय भएको दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता साफमा पाकिस्तानले सहभागिता नजनाउने भएको छ । पछिल्लो समय आन्तरिक समस्याबाट गुज्रिएको पाकिस्तानले आन्तरिक समस्या देखाउँदै महिला साफमा सहभागिता नजनाउने पक्का भएको हो । 

टिम दर्ताको अन्तिम दिन शनिबारसम्म पाकिस्तानले नाम दर्ता गरेन । प्रतियोगिता आगामी फागुन २८ बाट चैत ८ गतेसम्म विराटनगरमा सञ्चालन हुदैछ । 

पाकिस्तानले नाम दर्ता गरेन र अब पाकिस्तानले साफ खेल्ने छैन । पाकिस्तानले चाँडै कारण सहितको नखेल्ने पत्र पठाउने छ । 

null

पछिल्लो समय राजनीतिक कारणले पाकिस्तानी फुटबल समस्यामा छ ।पाकिस्तानले सहभागिता नजनाउने भएपछि दक्षिण एसियाका बाँकी ६ टिमले साफ प्रतियोगिता खेल्नेछन् । पाकिस्तान रहेको समुह एमा नेपाल सहित भुटान र बंगलादेश रहेका थिए । 

समुह बीमा भारत, माल्दिभ्स र श्रीलंका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *