ट्राइवेकरमा धरान चुक्दा क्यामरूनी टीमलाई बुढासुब्बा गोल्डकपको उपाधि

फागुन ४, धरान । २१ औं रेडबुल बुढासुब्बा गोल्डकपको उपाधि क्यामरुनले जितेको छ । पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको डल्फिनास क्यामरुनले उपाधि कब्जा गरेको हो । 

धरान प्रादेशिक रङ्गशालामा भएको फाइनल खेलमा १२ वर्षपछि फाइनल पुगेको आयोजक धरान फुटबल क्लबलाई टाईब्रेकरमा ३/२ को गोल अन्तरले हराउँदै क्यामरुनी टीमले उपाधि हात पारेको हो । 

निर्धारित समयसम्म दुवै टीमबाट गोल हुन नसक्दा उपाधीको छिनोफानो टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरमा क्यामरुनका जो अंगोला, पेन्टाङगा, यान्नीक ओनाले प्रहार गरेको गोल नै खेलको निर्णायक गोल सावित भएको थियो । डल्फिनासका बीकबीक, एलेभनले प्रहार गरेको बल बाहिरिएको थियो । 

null

 

उता उपबिजेता धरान फुटबल क्लबका दोर्जे तामाङ र प्रकाश बुढाथोकीले गोल गरेपनि हेमन्त थापा मगर, मिलन राई तथा योगेश राईले गोल गर्न नसक्दा १२ वर्षपछि फाइनल पुगेको आयोजक टीम उपाधिबाट विमूख भयो । 

जीतसँगै क्यामरुनले ८ लाख नगद सहित बुढासुब्बा गोल्डकपको ट्रफि हात पारेको छ, भने उपबिजेता धरान फुटबल क्लबले ४ लाख नगदमा चित्त बुझाएको छ । 

फाईनल खेलमा सुरुदेखी नै धरानलाई दवाबमा राखेका नाईजेरीयन खेलाडीहरुको धेरै प्रहार बिफल भएको थियो । आज धरानले आक्रमक भन्दापनि रक्षात्मक खेल प्रस्तुत गरेको थियो । 

 

टाईब्रेकरमा क्यमरुनका गोलकिपर परिसो नेडजङगा चम्किएपछि आयोजक धरान फुटबल क्लब आफनै होम ग्राउण्डमा स्तब्ध भयो । 

खेलमा सर्वोत्कृष्ट खेलाडी धरान फुटवल क्लबका बिष्णु सुनुवार हुँदै होन्डाको डिओ स्कुटर पाएका छन । सर्वाधिक गोलकर्ता क्यामरुनका नान्जामा यानीक भए । उनले खेलभरी २ गोल गर्दै नगद ३५ हजार पाएका छन । सर्वोत्कृष्ट गोलरक्षक क्यमरुनकै परिसो नेडजङगा भए । सर्वोत्कृष्ट डिफेन्डर धरान फुटवल क्लबका मनोज राई भए । सर्वोत्कृष्ट स्ट्राईकरमा धरानका मिलन राई, सर्वोत्कृष्ट मिडफिल्ड हेमन्त थापा मगर हुँदै जनही नगद २५ हजार प्राप्त गरे । 

माघ २७ बाट सुरु भएको प्रतियोगिताका प्रत्येक दिनका म्यान अफ् दि म्याच खेलाडीलाई नगद १० हजार र ट्रर्फी तथा मेडल प्रदान गरिएको थियो । प्रतियोगितामा नेपालका ए–डिभिजन क्लब सहित बिदेशी टोली डल्फिनास क्यामरुन र डलहोसी एथ्लेटिक कोलकाता गरी ८ टिम सहभागी थिए । 

 

प्रतियोगितामा दुई विभागीय टीम सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लब, संकटा क्लब काठमाडौ, मेची नेत्रालय झापा र आयोजक आयोजक धरान फुटबल क्लबको सहभागिता रहेको थियो । 

बुढासुब्बा गोल्डकपको समाचार लेखे वापत कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता अर्जुन सुबेदी र औजार राष्ट्रिय दैनिकका केदार बस्नेत पुरस्कृत भएका छन् । उनीहरुलाई जनही ७ हजार ५ सय नगद सहित सम्मान पत्रले सम्मान गरिएको थियो । 

 

प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राई, एन्फा मानार्थ उपाध्यक्ष धरान फुटबल क्लबका अध्यक्ष किशोर राई, सांसद उमिता बराईली लगायतले शिल्ड, पुरस्कार प्रदान गरेका थिए । 

तस्विरः भरतराज शर्मा 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *