संस्थाको अगुवाई गर्ने व्यक्ति सुशासनमा रहनु पर्छ : डा. रावल

माघ २०, कैलाली । सुदूरपश्चिम प्रदेश सभा सदस्य डाक्टर रणबहादुर रावलले टीकापुर बनाउन जात, भेगका कुरा गर्नु गलत भएको बताउदै सबैलाई टीकापुर बनाउने काममा लाग्न आग्रह गरेका छन् ।
टीकापुर सामुदायिक पुस्तकालयको चौथो साधारण सभाको उद्घाटन गर्दै सांसद रावलले संस्थामा बसेपछि त्यसको जस अपजस लिनसक्नु पर्ने बताएका छन् । उनले संस्थामा बस्ने मानिसले सुशासनको पालना गर्नैै पर्ने बताएका छन्।
null
सांसद रावलले टीकापुरमा सानो विवादमा पनि अख्तियारमा मुद्दा हाल्ने र अख्तियारलाई धनी बनाउने प्रचलन रहेको बताउदै संस्था चलाउन इमान्दार मानिस अघि लाग्नु पर्ने बताए । अर्का सांसद उमादेवी वादीले संस्था राम्ररी चलाउन बलियो टीम चाहिने बताइन् । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले सामुदायिक संस्थाहरुमा नेतृत्व छान्न निर्वाचन हुने सम्मको स्थितिमा पुगेको भन्दै अब राजनीतिक गन्ध नआई अघि बढाउन सुझाव दिदै पुस्तकालयको विकासमा स्थानीय सरकारको सहयोग रहने बताए ।
पूर्व राज्यमन्त्री जनकराज चौधरीले १४ वर्ष अघि टीकापुरमा पुस्तकालय स्थापना हुदा खुशी भएको बताउदै अब पदका लागि भन्दा पुस्तक पढने प्रतिश्पर्धा गर्न सुझाव दिए । अर्का पूर्व राज्यमन्त्री चन्द्रसिंह भट्टराईले २०१८ सालमा धनगढीमा पुस्तकालय स्थापना भई पहिलो लाइवे्ररियन भएर आफूले काम गरेको स्मरण गर्दै टीकापुरको पुस्तकालयको कार्यक्षेत्र विस्तृत भएको तर यस अघिको कार्यसमितिमा विवाद भएको सुन्दा खिन्न लागेको बताएका छन्।
कार्यक्रममा तत्कालिन टीकापुुर विकास समितिका अध्यक्ष फकिरसिंह कडायत, नेपाली कागे्रसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, नेपाल कम्यूनिष्ट पार्टीका प्रतिनिधि मोहन विक, नया शक्ति पार्टीका हरि तिमिल्सिना, नागरिक अगुवा यज्ञमूर्ति अर्याल, पुस्तकालयका पूर्व अध्यक्ष उदयराम अधिकारी, बीरेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष नवराज रावल, सामुदायिक वन उपभोक्ता महासंघ टीकापुर नगरका अध्यक्ष श्याम खत्री, खप्तड सांस्कृतिक परिवारका अध्यक्ष भानुभक्त जैसी, पुस्तकालयका सदस्य झपट सोडारी लगायतले पुस्तकालयको नेतृत्व निर्विवाद छानिनु पर्नेमा जोड दिए ।
पुस्तकालयका अध्यक्ष धनञ्जय तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत ताराप्रसाद जोशीले गरेका थिए भने सञ्चालन सहसचिव धु्रव रावलले गरेका थिए । पुस्तकालयको नयाँ नेतृत्व चयनका लागि आइतबार विहान १० देखि ११ः३० सम्म उम्मेदवारको मनोनयन दर्ता र २२ गते विहान ८ बजेदेखि मतदान हुने प्रमुख निर्वाचन अधिकृत कीर्तिसिंह बमले जानकारी दिएका छन् ।








