पेटमै मृत्यु भएको शिशु निकाल्ने क्रममा महिलाकाे मृत्यु
२०७५ माघ २० गते

माघ २०, डोटी । जिल्लाको सायल गाउँपालिका बस्ने ४३ वर्षीया नारु ऐरले शिशु जन्माउन नसक्दा उनको आज दिउँसो ज्यान गएको छ ।
पेटमै मृत्यु भएको शिशु निकाल्ने क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दीपायलले जनाएको छ । घरमै रहेकी ऐरको पेट दुखेपछि उनलाई दिपायलस्थित अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा मृत शिशु निकालिएपछि ऐरको ज्यान गएको बताइएको छ ।
२०७५ माघ २० गते
प्रतिक्रिया
सम्बन्धित








