नगरपालिका कार्यालमा कर्मचारी सूचना पार्टीको प्रभावकारीता बढ्दै

फाल्गुन ५ सुखड । कैलालीको घोडाघोडी नगरपालिकाको कार्यालयमा रहेको कर्मचारी सूचना पार्टीको प्रभावकारीता बढ्न थालेको छ । 

 

शुरु-शुरुमा कर्मचारी सुचना पार्टीको विषयमा सेवाग्राहीलाई थाहा नहुने र कार्यालयले पनि त्यस्को सहि उपयोग गर्न नसक्दा प्रभावकारीता नदेखिएको भएपनी पछिल्लो समय भने यस्को प्रभावकारीता बढ्न थलेको हो । कर्मचारी सुचना पार्टीले सेवाग्राहीहरुलाइ सेवा लिन तथा सम्बन्धित कर्मचारीलाई भेट्न समेत सहज हुने गरेको पाइएको छ । 

null

कार्यालयबाट कुनै कर्मचारी बिदामा बस्नु पर्दा वा समुदाय स्तरमा जाँदा अथवा कर्मचारी कार्यालयमा नहुदा कर्मचारी गएको स्थान, नाम थर, पद, फोन नम्बर, फर्किन सक्ने सम्भाबित समय लगायतका कुराहरु कर्मचारी सुचना पार्टीमा उल्लेख गरिएको हुन्छ । जस्ले गर्दा सेवाग्राहीले सम्बन्धित कर्मचारीलाई भेट्न तथा सम्पर्क गर्नका साथै सेवा लिन समेत सहज हुने गरेको छ । 

कार्यालयमा कुनै कर्मचारी नभेटिदा वा बाहिर हुदा नगरपालिका कार्यालयको दोस्रो तलामा राखिएको कर्मचारी सुचनापार्टीको प्रयोग गर्न सेवाग्राहीलाई नगरपालिकाले आग्रह पनि गरेको छ । नगरपालिकाको यो कामलाई सेवाग्राहीहरुले राम्रो, प्रभावकारी र सकारात्मक कामको रुपमा व्याख्या गर्ने गरेका छन । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *