विपन्नलाई राहतः न्यानो कपडा र कम्मल विवतरण

जुम्ला-फाल्गुनको पहिलो साथा लागि सक्ता पनि जुम्लामा वर्षा र हिमपात नरोकिए पछि जिल्ला प्रशासन कार्यालय जुम्लाले अति विपन्न गरिव र अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा र कम्मल विवतरण गरिरहेको छ। 

जिल्लामा चिसो वढे सँगै चिसोबाट बचाउन पुषको पहिलो साता देखिनै सडकमा बस्ने, गरिव, विपन्न, बृद्धा र अपाङ्गता भएका व्यक्तिहरुलाई ज्याकेट, पञ्जा, मोजा, खाद्यन्न सामाग्री र कम्मल वितरण गर्दै आएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए । 

उनले भने- चिसोबाट जोगाउनका लागि विभिन्न प्रयासहरु भैरहेका छन। फाल्गुन लाग्दा समेत हिमपाता नरोकिएपछि चिसो बढ्दै गएको छ। 

null

प्रशासनले अहिले सम्म नगरपालिका र ७ वटै गाउँपालिकामै गएर विपन्न गरिव असाय र अपाङ्गहरुलाई न्यायो कपडाहरु वितरण गरिरहेको छ । 

गत वर्ष भन्दा यस वर्ष धेरै वर्षा र हिमपात भए सँगै चिसो वढेकाले स्थानिय प्रशासनले न्यानो कपडा वितरण गरेको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *