पीएसएलमा लाहोरको खेल आज: सन्दिपको कस्तो छ सम्भावना ?
२०७५ फागुन १० गते

काठमाडौं । पाकिस्तान सुपर लिग क्रिकेट प्रतियोगितामा नेपाली युवा बलर सन्दीप लामिछाने सहभागी टिमको आज चौथो खेल हुँदैछ । यूएईमा जारी प्रतियोगता अन्तर्गत नेपाली समय अनुसार अपरान्ह सवा ५ बजे हुने खेलमा सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्सले मुल्तान सुल्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
गएको वर्ष आईपीएलमा डेब्यू गरेयता विश्वका हरेकजसो फ्रेन्चाइज लिगमा धुम मच्चाएका सन्दीप आजको खेलमा टिममा पर्ने सम्भावना धेरै रहेको बताइएको छ । उनको टिमले अहिलेसम्म तीन खेल खेलेकोमा २ खेलमा पराजित तथा एक खेलमा जित हात पारेको छ ।
सन्दीप नेपालले यूएईविरुद्धको सिरिज जितेपछि उतैबाट अस्ट्रेलिया गएका थिए । अस्ट्रेलियाको बिग ब्याश लिगमा उनको टिम उप विजेता भएको थियो । उनी अष्ट्रेलियाबाट पीएसएल खेल्न यूएई गएका हुन् । पीएसएल पछि उनी आईपीएलका लागि भारत आउने छन् ।
null
२०७५ फागुन १० गते
प्रतिक्रिया
सम्बन्धित








