डा. केसीको समर्थनमा आन्दोलनरत १७ चिकित्सक पक्राउ

 

माघ १८, काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रिएका १७ जना चिकित्सकहरु पक्राउ परेका छन् । 

आकस्मिक बाहेकका सबै सेवा ठप्प पारी आन्दोलनमा उत्रिएको चिकित्सकको जुलुस राष्ट्रपति कार्यालय सितल निवासतर्फ बढ्न थालेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

null

रेजिडेन्ट डाक्टर एसोसिएसनका अध्यक्ष डा सुमित पाण्डे, डा विशाल अग्रवाल, डा अमित शर्मा, डा बद्री अर्याल लगायतका १७ जना चिकित्सकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

१६औ चरणको अमरण अनसनमा बसेको २४औँ दिनसम्म पनि सरकारले केसीका माग सम्बोधन गर्न सरकारलाई दबाब दिनका लागि नेपाल चिकित्सक संघले आज देशभरका सरकारी, निजी अस्पताल तथा मेडिकल कलेजमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको छ । 

पक्राउ परेका चिकित्सकहरुलाई नेपाल पुलिस क्लबमा राखिएको बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =