जनगायक जीवन शर्मा निलम्बित 

माघ २७, काठमाडौं । लाेकिप्निय जनगायक जीवन शर्मा मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालबाट निलम्बित भएका छन् । 

 

पार्टी निकट स्रोतका अनुसार पार्टी हितविपरित जापानमा गएर गीत गाएको, नेकपा अध्यक्ष केपी ओली र प्रचण्ड सहभागी कार्यक्रममा सहभागी भएर गीत प्रस्तुत गरेको लगायतका आरोप लगाउँदै उनलाई मसालले पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको हो । 

null

 

पार्टीले स्पष्टीकरणसमेतको मौका नदिई शर्मालाई निलम्बन गर्ने निर्णय गरेको बताइएको छ । रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष समेत रहेका शर्मामाथि पार्टी अध्यक्ष मोहन विक्रमको लाइन नपक्रिएको आरोप समेत लगाइएको छ । शर्माको सिमली छाँयामा बसी, झरनाको चिसो पानी, सालघारीमा, सामन्तले, लडाईँको मैदानबाट, फोक्ल्याण्डको टापुबाट लगायतका जनवादी गीत चर्चित छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eleven =