भारतीय उत्पादनलाई चुनौति दिने उद्योगलाई सरकारले प्रोत्साहन गर्न सकेन

फागुन २, बिराटनगर ।  एक अर्ब रुपैयाँ लागतमा स्थापना भएको शिवम् प्लाष्टिक उद्योगले कृषि, माछा पालन, टनेल, पोल्ट्री फार्मलगायतमा उपयोग हुने प्लाष्टिक त्रिपालको उत्पादनलाई तीब्रता दिएको छ । 

 

गोल्यान ग्रुपले सुनसरीको दुहबीमा स्थापना गरेको शिवम् प्लाष्टिकले ‘सुपर पोलिन’ क्रस लेमिनेटेड प्लाष्टिक त्रिपालका उत्पादन नेपालमा पहिलो पटक झण्डै ८ महिना अघि सुरु गरेको हो । ८ महिना अघिदेखि उत्पादन थालेको सुरु गरेको शिवम् प्लाष्टिकले मासिक २ सय २५ टनको उत्पादन क्षमता रहेपनी पहिलो महिना ६० टन मात्र उत्पादन गरेको थियो । 

null

 

क्रस लेमिनेटेड त्रिपाल उत्पादन गर्ने नेपालको एक मात्र उद्योग रहेको शिवम् प्लास्टिकले अन्तराष्ट्रिय स्तर भन्दा पनि गुणस्तरी प्लाष्टिक त्रिपाल उत्पादन गर्ने गरेको उद्योगका सञ्चालक निखिन अग्रवालले दावी गरेका छन् । दुवै, सिंगापुर र अष्ट्रियाबाट कच्चा पदार्थ (प्लाष्टिक दाना) आयात गरेर उत्पादन गर्दै आएको सो उद्योगले ८ महिनाको अवधीमा ९ सय टन उत्पादन गरिसकेको छ । 

 

उत्पादन भएको ३ सय टन बाहेक सबै विक्रि भइसकेको सञ्चालन अग्रवालले बताए । उनले नेपालमा वार्षिक २ हजारदेखी २५ सय टन सम्म सो त्रिपालको माग गरेको बताउँदै आफ्नो उद्योगको वार्षिक उत्पादन क्षमता २५ सय टन रहेको बताए । अग्रवालले भने ‘ हाम्रो अध्ययनमा नेपालमा वार्षिक २ हजारदेखी २५ सय छट सम्म खपत छ । 

हाम्रो उत्पादन क्षमता पनि २५ सय टन हो । यस हिसाबले यहिँको उत्पादनले माग धान्न सक्ने भएकाले वाहिरबाट आयात गर्न आवश्यक देखिँदैन । हामी अझ उत्पादन बढाउने सोचमा छौँ ’ यस अघि ३० वर्ष अघि सम्म नेपालमा छिमेकी मुलुक भारतबाट सिल्पोलिन नामक त्रिपाल आयात हुनेगरेको थियो । 

 

३० वर्षसम्म विश्वभर उत्पादनको अधिकार सो ब्राण्डसँग मात्र रहेकाले नेपाल लगायत विश्वभर सिल्पोलिनले कब्जा जमाउँदै आएपनि करिब ३ वर्ष अघि त्यो अधिकार समाप्त भएपछि नेपाल लगायत अन्य मुलुकमा पनि क्रस लेमिनेटेड त्रिपालको उत्पादन सुरु भएको र नेपालमा पहिलो तथा एक मात्र उद्योग शिवम् प्लाष्टिक उद्योग रहेको अग्रवालले बताए । उनले ७० प्रतिशत स्वदेश र अन्य ३० प्रतिशत भारत लगायत तेस्रो मुलुक त्रिपाल निर्यात भइरहको बताए । उनले भने ‘हामीले गुणस्तरमा कुनै कम्प्रोमाइज गरेका छैनौँ । 

बिगत ३० वर्षदेखी भारतीय उत्पादनले नेपाल लगायत विश्व बजार कब्जा गरेको थियो । अहिले ३ वर्षदेखी त्यो अधिकार उनी सँगमात्र छैन । त्यसैले नेपालमा हाम्रो पहिलो र एकमात्र यो उद्योग हो । हामीले अहिले ७० प्रतिशत नेपाल र बाँकी निर्यात गरिरहेका छौँ ।’ त्रिपाल मसला, खोर्सानी, सुपारी, नरिवल वेसारजसता कृषि उत्पादनह सुकाउन, यात्राका वेला सामान ढाक्न, प्याकेजिङका लागि, टनेल, ग्रिन हाउस, नर्सरी तथ एप्रोनका लागि प्रयोग गर्न सकिने छ । 

 

त्यस्तै वर्षातको पानि छेक्ने टहराहरु बनाउन तथा टहराका रुपमा प्रयोग गर्न, विभिन्न निर्माण सामाग्रीहरु छोप्न, निर्माण कार्यमा वाटरप्रुफ लेयेर बनाउन, पानि ट्यांकी र पोखरीको लाईनिंग गर्न तथ ठुला आकारका सामान छोप्नका लागि यसको प्रयोग गर्न सकिने छ । यो माछा पालन, पाल्ट्रिफर्म लगायतका लागि उपयोगी रहेकोे उद्योगले जनाएको छ । हलुका, मुलायम तथा दह्रो दोहरो लेमिनेशन गरिएको छेडिने च्यातिनेबाट जोगाउन उच्च डार्ट स्ट्रेन्थ भएको, साधारण घस्राईबाट नच्यातिने , जस्तो सुकै जलवायूलाई थेग्न सक्ने अल्ट्रभ्वाईलेट विकिरण रोक्न सक्ने, शत प्रतिशत वाटर पु्रफ, अधिकांश केमिकलले असर नगर्ने, ओसलाई रोक्ने, स्वीस प्रविधिबाट बनेको तथा विभिन्न आकार रंग र गुणस्तरमा पाइने लगायतका विषेशता रहेको सुपर पोलिन कृषिका लागि आवश्यक पर्ने प्लाष्टिकमा केही समय अघि सम्म भारतीय ब्रान्डको एकछत्र दबदबा थियो । 

 

पछिल्लो समय नेपाली उत्पादन ‘सुपर पोलिन’ ले गुणस्तरीयता र टिकाउका कारण बजारमा आफ्नो हिस्सा बढाउँदै लगेको छ । गुणस्तर र टिकाउका लागि उद्योगले उद्योग परिसरमै विभिन्न ल्याव परिक्षण पश्चात मात्र त्रिपालहरु बजार पठाउने गरेको छ । उद्योगका प्रविधिक आरके सिंहले सवै उत्पादन परिक्षण पश्चा मात्र बजार पठाउने गरेको बताए । 

उनले भने ‘हामीले सबै उत्पादन परिक्षण गर्दछौँ । परिक्षणका क्रममा केही त्रुटी देखिए त्यसलाई मेकअप गछौँ । यो प्लाष्टि खेर नजाने र पुन प्रयोग गर्न सक्ने भएकाले गुणस्तरको मात्रा राम्रो सँग चेक गरेर मात्र उत्पादन उपभोक्ता सम्म पुर्याउँछौँ । हाम्रो यहाँ अलग्गै ल्याव परिक्षण कक्ष समेत छ ।’ त्यति मात्र नभई उद्योगले एक पटक खरिद गरिएको त्रिपाल २ वर्ष सम्म निर्धक्क चल्ने दावि गर्दै १ वर्षको वारेन्टी समेत दिने गरेको छ । 

 

जुन भारतीय त्रिपाल उत्पादीत कम्पनीले नदिने गरेको सञ्चालक अग्रवालको भनाइछ । सो त्रिपाल च्यात्दा समेत नच्यातिने अग्रवालले दावी गरे । उद्योगको एकल प्रयासले नेपाली कृषकहरुलाई स्वदेशी क्रस लेमिनेटेड त्रिपाल ३ दशकपछी मात्र उपलब्ध गराउन सकेको भएपनि सरकारि पक्ष भने स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न नसकेको अग्रवालको गुनासो छ । उनले मुलुकमा तिन तहको सरकार रहेपनि त्रिपालका लागि टेण्डर आव्हान गर्दा भारतीय ब्राण्डको सिल्पोलिन नामक त्रिपाल किटान गरेरै टेण्डर आव्हान गर्ने गरेका कारण स्वदेशी उद्योगले प्रोत्साहन पाउन नसकेको गुनासो गरे । 

उनले भने ’त्रिपालका लागि हाम्रो तिनै तहको सरकारले टेण्डर आव्हान गर्छ । समस्या कहाँ हो भने सरकारले भारतीय ब्राण्डको नामै किटान गरेर टेण्डर आब्हान गर्छ । सरकारले टेण्टर आव्हान गर्दा भारतीय ब्राण्डको सिल्पोलिन भनेर गर्छ उदाहरणका लागि टुथ पेष्ट फरक फरक किसिमका हुन्छन् । कुनै पसलमा गएर टुथपेष्ट माग्नु भन्दा कोलगेट माग्यो भने त पशलेले कोलगेटनै दिन्छ । टुथ पेष्ट भनेपछी पो पशलेले हाम्रोमा यो यो छ कुन दिनु भन्छ । ठिक त्यसै गरि हाम्रो हकमा पनि त्यहि भइरहेको छ । 

’नेपाल–भारतबीच खुला सिमाना भएका कारण यसको फाइदा उठाउँदै व्यापारीले भारतीय उत्पादन ‘सिल्पोलिन’ कर नतिरी नेपाल भित्रयाउने गरेका छन् । त्यति मात्र नभई एउटा शिर्षकमा आउनुपर्ने वस्तु अर्कै शिर्षकमा न्युन बिजकीकरणमा भित्रिएको ‘सिल्पोलिन’ का कारण पनि स्वदेशी उत्पादनलाई असर परिरहेको अग्रवालको भनाई छ । उनले भन्सारमा न्युनबिजकीकरण भएर भित्रिएको भारतीय उत्पादनले सरकार पनि छली गरिरहेको र स्वदेशी उत्पादनलाई पनि मर्का परिरहेको दावि गरे । 

उनले भने ‘भारतीय शिल्पोलिन जुन शिर्षकमा भन्सारबाट आउनुपर्ने हो । त्यो शिर्षकमा नभई अर्के शिर्षकमा आइरहेको छ । यसले गर्दा कर छली पनि भै रहेको छ र उपभोक्तालाई महंगो समेत परिरहेको छ । जुन शिर्षकमा आउँनु पर्ने हो त्यहि शिर्षकमा आउने हो भने उपभोक्तालाई ४० देखी ५० प्रतिशत भन्दा सस्तो पर्न जान्छ ।’ अग्रवालका अनुसार सो उद्योगले उत्पादन गरिरहेको सिलपोलिन त्रिपालको उपभोक्ता मूल्य नै भारतीय ब्रान्डभन्दा १५ प्रतिशत सस्तो छ । 

यदि भन्सारबाट भारतीय उत्पादन न्यून बिजिकरणमा नआए कृषकलाई ४० देखी ५० प्रतिशत सम्म सस्तो पर्ने अग्रवालको दावी छ । सन् १९९९ मा स्थापना भएको यो प्लाष्टिक कम्पनीले ‘सुपर पोलिन’ क्रस लेमिनेटेड प्लाष्टिक त्रिपाल उत्पादन भने केही समय अघि मात्र थालेको हो । हाल सो उद्योगले २ सय ५० वढी कामदारलाई रोजगारी दिईरहेको छ । 

सो उद्योगमा काम गर्ने कामदारले सरकारले तोकेको न्यूनतम पारिश्रमिकदेखी मासिक ५० हजार रुपैयाँ सम्म अधित्तम पारिश्रमिक पाउँदै आएका छन् । नेपालको एक मात्र क्रम लेमिनेटेड सुपर पोलिन त्रिपालले भारतीय उत्पादनलाई चुनौति दिँदै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + two =