ब्राजिलमा बाँध भत्किदाँ ज्यान गुमाउने सङ्ख्या १५० पुग्यो
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
माघ २४, रियो डे जानेरो । ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शवहरु फेला परेका छन् । ती समेत गरी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १५० पुगेको बताइएको छ ।
उक्त दुर्घटनामा परी अझै पनि १८२ व्यक्ति वेपत्ता रहेका यहाँको प्राकृतिक प्रकोप विभागले जानकारी दिएको छ ।यस घटानामा ज्यान गुमाउने र वेपत्ता भएका व्यक्तिको पछिल्लो विवरण नागरिक प्रतिरक्षा निकायले बुधबार सार्वजनिक गरेको बताइएको छ ।
यसअघि दिइएको जानकारीअनुसार करिब ३०० व्यक्ति हराइरहेका थिए । बेपत्ता भएका व्यक्तिका शवहरु फेला परेपछि सो सङ्ख्या १५० पुगेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।
null
यस घटनामा फसेका करिब १९२ व्यक्तिलाई जिवीतै उद्धार गरिएको मिनास गेरेइज राज्यमा नागरिक प्रतिरक्षा विभागमा प्रवक्ता फ्भिओ गडइनडोले बताएका छन् ।
बाँध भत्किएका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा यस शहरका करिब ३९ हजार जनसङ्ख्या प्रभावित भएका छन् । बाँध भत्किएको यस इलाकामा करिब ४ सय उद्धारकर्ता लगातार उद्धारकार्यमा लागिपरेका बताइएको छ ।
उद्धार प्रयास निरन्तर भइरहेको भए तापनि घटनामा परेका व्यक्तिहरू जिवितै उद्धार गर्ने आशा झिनो बन्दै गएको मिनासका गभर्नर रोमेउ जेमाले सञ्चारकर्मीलाई बताउनु भएको छ । यहाँको एक ठूलो बाँध फुटेर एक्कासी ठूलो मात्रामा शहर र नजिकैको बस्ती, सडक, तरकारी तथा अन्य बालीमा पसेको थियो ।
त्यस बाढीले केहीलाई बगाएको र कतिपय डुबेर पुरिएका थिए । यस बाँधका कारण निकै ठूलो संख्याका नागरिक प्रभावित भएका अधिकारीले जनाएका छन् ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)